चैत्र ४, २०८१ सोमबार

रावा बेसीको शारदा मा.वि.को ७२ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

खोटाङ्ग रावा बेसी गा.पा. २ खार्पा सञ्चालित श्री शारदा मा.वि.को ७२ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलराज वस्नेतको सभापतित्व र संघीय सांम्सद माननिय रामकुमार राई पाषाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

जेष्ठ ३० गते शारदा मा.वि. का विद्यार्थी अन्तर सदनात्मक चेतनामुलक सडक नाटक, रावा बेसी गा.पा. भित्रका अन्तर मा.वि. स्तरीय “सामाजिक सञ्जालको प्रयोगले समाजमा पारेको प्रभाव” विषयमा वक्तित्वकला प्रतियोगिता, वडा नं. २ भित्रको अन्तर प्रा.वि. स्तरीय आधारभूत तह कक्षा १ देखि ५ सम्मको स्मरण दौड प्रतियोगिता, शारदा मा.वि. खार्पाका सङ्गिनी, मगर, राई, नेवार विद्यार्थीद्वारा जातीय झाकी समेत प्रस्तुत गरेको थियो । त्यसैगरी आज ३१ गते रावा बेसी गा.पा. भित्रका अन्तर मा.वि. हाजिरी जबाफ प्रतियोगिता, अभिभावक विच हण्डीफोर, महिला अभिभावकविच म्यूजिकल चियर प्रतियोगिता, छात्रवृत्ति वितरण लगायत विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।

अन्तर मा.वि. वक्तित्वकला प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल श्री देउराली मा.वि. डुम्रेधारापानीकी शुसिला तिमल्सिना , द्वितीय श्री शारदा मा.वि. खार्पाका दिवश भुजेल र तृतीय शारदा मा.वि. खार्पा कै सीता रम्तेल भएका थिए । स्मरण दौड तर्फ प्रथम शारदा मा.वि. खार्पाकी जेनिशा मगर, द्वितीय शारदा मा.वि. खार्पा कै अरुणा परियार, र तृतीय कोइराले आ.वि. खार्पाका लिला मगर भएका थिए । त्यसैगरी अन्तर मा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम श्री गंगोदय मा.वि. दुवेकोल, द्वितीय श्री शारदा मा.वि. खार्पा र तृतीय श्री रत्न राज्यलक्ष्मी मा.वि. कुभिण्डे भएको थियो ।

सोहि कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल बस्नेतले विद्यालय प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रावाबेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ , उपाध्यक्ष कौशिला कुमारी गुरुङ लगायत अन्य अतिथिहरु र स्थानीयको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

किताब बेच्ने महावीर पुनलाई सुनको गहना फुकाएर दिइन्

  २०८१ फागुण १९, सोमबार
दिक्तेल रुपाकोट मझुवागढी  काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण

नेकपा एमालेको दिरुमनपा,काठमाडौ सम्पर्क मञ्चको जरा अभियान महत्वपूर्ण निर्णय गर्दै सुरु

  २०८१ फागुण १९, सोमबार
ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा सडक निर्माण

ऐसेलुखर्क गाउँपालिकाको स्काईभेटरद्वारा ३२०० मिटर सडक निर्माण

  २०८१ फागुण १७, शनिबार

सम्बन्धित खबर