भाद्र ३१, २०८१ सोमबार

‘मधेस’ प्रदेशपछिको मनोदशा

विगतको प्रदेश २ को नामकरण मधेस प्रदेश गरिएको छ । यो नामकरणसँगै छ वटा प्रदेशको नाम जुराउने कार्य सम्पन्न भएको छ । आशा गरौँ नामकरण हुन बाँकी रहेको प्रदेश १ ले पनि छिटै यो कार्यलाई अन्तिम रूप देला । अहिले प्रदेश २ को नामकरणका सम्बन्धमा अनेकथरी चर्चा भइरहेका छन् । अनेक प्रश्न उठेका छन्, उठाइएका छन् । तर्क, विश्लेषण र विचार निर्माण तथा अभिव्यक्त गर्ने अधिकार सबैलाई छ । यस सन्दर्भमा अहिले केही प्रश्नतर्फ धेरैजनाको ध्यानाकर्षण भएको पाइएको छ । के प्रदेश २ को उपयुक्त नाम मधेस नै हो ? मधेस आन्दोलनले मुख्य उपलब्धि प्राप्त ग-यो ?

मधेस भूमि मानिएको बाँकी १४ जिल्लाका बासिन्दाले अब पहिचानको कस्तो रणनीति अपनाउलान ? के मिथिला र भोजपुरा पहिचानको आन्दोलनको सान्दर्भिकता अब समाप्त भएकै हो ? हाल आठ जिल्लामा सीमित हुन पुगेको मधेस भूमिको इतिहास, परम्परा र समग्र सभ्यता मिथिला र भोजपुरासँग जोडिएको तथ्यको उपस्थितिमा प्रदेश नामकरणको वर्तमान राजनीतिको भविष्य के होला ? निश्चय यी केही यस्ता प्रश्न हुन् जसको उत्तर भविष्यले दिने अपेक्षा गरिनु अस्वाभाविक हुँदैन ।

दुई मत छैन, मूलतः तराई–मधेसकेन्द्रित राजनीतिक दलहरूले विगतमा आफ्नो नाममा जोडिएको मधेस हटाएर बृहत् पहिचानको राजनीतिबाट आफूहरू किनारा लागेको सङ्केत गरेकै हुन् । ती दलका नेताहरू क्षेत्रवाद र प्रदेशवादबाट माथि उठेर ‘राष्ट्रिय’ बन्न खोजेकै हुन् । यही कारण हो मधेस त्यागेर ती दलका नेताका पार्टी अनेक चरणमा एकीकृत र ध्रुवीकृत भएका हुन् । निश्चय पनि राजनीतिमा सम्झौतालाई महìवपूर्ण मानिन्छ । भनिन्छ, एक पाइला अघि सार्न कहिलेकाहीँ दुई पाइला पछि हट्नुपर्ने हुन्छ । मधेसकेन्द्रित राजनीतिक दलले शायद अहिले यही रणनीति अवलम्बन गरेका छन् तर वर्तमानमा अवलम्बन गरिएको रणनीतिले भविष्य प्रभावित हुन सक्ने हेक्का शायद तिनले राखेका छैनन् ।

राजनीतिक दल र तिनका नेताले बृहत् पहिचानकोे कुरा मानसपटलमा राखिरहँदा शायद इतिहासलाई विस्मृतिमा राखेका छन् । विगतमा मिथिला र भोजपुराका रूपमा चिनिएका भूगोलका बासिन्दाले निश्चय पनि समग्र मधेसको आन्दोलनलाई सघाएका हुन् । यसको एक मुख्य कारण थियो, समग्र मधेसको माग सफल भए भविष्यमा त्यसैभित्र इतिहास र संस्कृतिका आधारमा स्वायत्त शासकीय एकाइहरूको स्थापना गर्न सहज हुन्छ भन्ने सोच तर मधेसलाई आठ जिल्लामा सीमित गरेर सम्बद्ध नेताहरूले ‘फेस सेभिङ’को बाटो रोजेपछि मिथिला र भोजपुराको पहिचान एक पटक पुनर्सङ्कटमा परेको कुरालाई अस्वीकार गर्न सकिँदैन । यसबाहेक मधेस प्रदेशका आठ जिल्लाबाहेकका बासिन्दाको पहिचानको सन्दर्भ पनि बडो महìवपूर्ण छ । यही विषय भोलिका दिनमा द्वन्द्वका कारण नबन्लान भन्ने कुराको प्रत्याभूति कसरी गर्ने ? आखिर विगतको मधेस आन्दोलन पनि त पहिचानकै नाममा भएकै हो, यो कुरा बिर्सन मिल्दैन ।

मधेसमा विगतमा जारी आन्दोलनको स्वरूपमा अहिले परिवर्तन देखिएको छ । प्रदेशको नामकरण र राजधानी टुङ्गो लागे लगाइएसँगै आन्दोलनको भविष्य–प्रभाव र औचित्यको मूल्याङ्कन अहिले विश्लेषकका लागि रुचिको विषय बनेको छ । मधेसको आन्दोलन कुनै न कुनै रूपमा अस्तित्वमा रही जारी रहेको थप प्रमाणित गर्ने प्रयत्न भइरहेको वर्तमानमा नयाँ ढङ्गले पक्ष र विपक्षमा तर्क तयार गर्ने कार्य सुरु भएको छ भन्दा अस्वाभाविक हुँदैन । तर्क–वितर्कको यो अवस्थाले समाज एक पटक पुनर्विभाजित हुने अवस्थामा पुगेको छ, जो दुःखद छ । केही विश्लेषक त विगतमा मिथिला पक्षधर मानिनेहरूले वर्तमानमा राजधानी जनकपुरसँग प्रदेशको नाम साटेको आरोप पनि लगाएका छन् । आशा गराँैं, यो आरोप सत्य नहोस् । सत्य साबित भएछ भने भविष्यमा यस भूखण्डको राजनीति थप जटिल बन्न सक्छ । निश्चय पनि यी सबै कुरालाई आजको विश्वको भूराजनीतिबाट अलग राखेर हेर्न मिल्दैन ।

मधेसको आन्दोलन विगतमा जुन गतिमा उकालो लागेको थियो, प्रदेश नामकरणपछिका दिनमा त्यही गतिमा यहाँको मनोविज्ञानमा पनि परिवर्तनको अनुभव गरिएको छ । यो आलेख तयार गर्ने सन्दर्भमा पङ्क्तिकारले भैरहवाको भ्रमण गर्ने अवसर प्राप्त गरेको थियो । पश्चिम नेपालको व्यापारिक सहर भैरहवाको योगदान मधेस आन्दोलनका सन्दर्भमा निकै महìवूर्ण मानिएको थियो । प्रदेश २ को नामकरणसँग जोडेर यहाँका एक व्यक्तिले पङ्क्तिकारलाई पहिचानका लागि अब आफूहरूले फरक ढङ्गले सोच्नुपर्ने बाध्यता आइपरेको सुनाउनुभयो । उहाँ विगतको मधेस आन्दोलनमा सहभागी हुनुभएको थियो । वीरगञ्जले विगतको मधेस आन्दोलनको केन्द्रीय भूमिकाका रूपमा नयाँ परिचय स्थापित गरेको हो । त्यसबेलाको आन्दोलनको केन्द्र वीरगञ्ज सहरबाटै विरोधका सबैखाले कार्यक्रम तय भई मधेसभर प्रसार हुने गरेको थियो । त्यसबेला वीरगञ्ज सहरको ‘मुड’ बेग्लै थियो तर अहिलेको ‘मुड’ बेग्लै छ ।

कुरो वीरगञ्ज सहरको मात्र होइन करिबकरिब पूरै मधेसकै ‘मुड’मा परिवर्तनको अनुभव गरिँदैछ । आज मधेसवासी मधेस आन्दोलन पहिलेको अवस्था, आन्दोलनकालीन अवस्था र आन्दोलनपछिको अवस्थाको तुलना गरिरहेका छन् र आफूूहरूको अवस्थाको पुनर्मूल्याङ्कनको प्रयास गरिरहेका छन् । आन्दोलनका नाममा मधेसवासीले के पाए र के गुमाए ? मूल्याङ्कनको मुख्य विषय यही नै हो । आन्दोलनका आधारमा स्थानीय र राष्ट्रिय राजनीतिक अवस्थामा कस्तो परिवर्तन आयो ? आर्थिक गतिविधिमा के प्रभाव प-यो र समाज कुन रूपमा रूपान्तरित भयो ? आम मधेसवासीका लागि अहिले यी विषय विश्लेषणयोग्य छन् ।

होला, राजनीतक दलका नेता तथा तिनका खास कार्यकर्ताका लागि अहिलेको प्रदेशको नामकरण ठूलै उपलब्धिको विषय हुन सक्छ । तर यतिमै चित्तमै बुझाउने प्रयत्न हो भने यसलाई किमार्थ पनि उचित मान्न सकिँदैन । सत्य त के हो भने यो नामकरणसँगै समग्र मधेसले एक पटक फेरि उपेक्षित हुनुपरेको र विगतको चर्को आन्दोलनपछि पनि आफू सम्बोधित हुन नसकेको पीडा सँगाल्न बाध्य हुनुपरेको छ । मधेसलाई अहिले लागेको छ– आन्दोलनका नाममा कसैले आफूलाई प्रयोग गरेको छ । केही नेताले भन्ने गरेका छन्, प्रदेश २ को मधेस नामकरण समग्र मधेस (मधेसका २२ जिल्ला) का लागि उपलब्धि हो । यसो हो भने प्रश्न उठ्छ, नामकरणको खुसियाली बाँड्न मधेस सरकारले दिएको बिदाको उपयोग सबैले गरे त ? के मेचीदेखि महाकाली सबैतिर दीप प्रज्वलित गरेर खुसियाली मनाइयो ? सप्तरीदेखि पर्सासम्म नेता कार्यकर्ताको उपस्थितिमा एकथरी मधेसीले खुसी मनाइरहँदा यसभन्दा बाहेकका भूगोलका मधेसीको मनोस्थितिको विश्लेषण कसैबाट भयो कि भएन ?

यस्तो मनोदशाले मधेसलाई एक पाइला पछाडि धकेल्ने काम गरेको छ भन्दा अस्वाभाविक हुँदैन । आन्दोलनका समयमा यहाँका समग्र मधेसी जति उत्साहित थिए, त्यसमा ह्रास देखा परेको छ । त्यसबखत स्थानीय जनताको ठम्याइ थियो– आन्दोलनको परिणामले मधेसमा व्याप्त विभेदको अवस्थालाई चिर्नेछ र समतामूलक समाजको निर्माण हुनेछ तर यतिखेर उनको ठम्याइ छ– विगतका अपेक्षामाथि तुषारापात भएको छ ।

मधेसमा अहिलेको यथार्थ फरक छ र यसलाई यसै आधारमा विश्लेषण गरिनु उचित हुन्छ । मधेसको राजनीति नयाँ ढङ्गले परिवर्तित हुँदैछ । समाज फरक आधारमा रूपान्तरित हुँदैछ र मधेसवासीको मनोदशा खास आधारमा विकसित हुँदैछ । थुप्रै प्रश्न विद्यमान छन् जसका उत्तर अपेक्षित छन् । मधेसवासी एक पटक फेरि आफूहरूको पक्षमा कुन राजनीतिक दल क्रियाशील छन् भन्ने खोजी गर्ने अवस्थामा पुगेका छन् भनेर भनियो भने त्यो असङ्गत हुने छैन ।

विगतको तुलनामा सन्तोषको एक विषय छ, त्यो के हो भने, मधेशवासीलाई माथि गरिएको विश्लेषणबारे राम्रै जानकारी छ । विगतको तुलनामा चेतनाको सार्थक विकास भएको छ । अब यहाँका बासिन्दा विगत र वर्तमानको तुलना गर्ने क्षमता राख्दछन् । यस आधारमा एक सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ–अब राजनीतिक दलले भनेकै भरमा र तिनले उठान गरेका मुद्दाका आधारमा मात्र मधेसको मत निर्देशित हुने अवस्था छैन । अब यहाँका जनताले जे मुद्दा उठान गर्छन् र तिनको समाधान जसरी चाहन्छन् त्यही आधारमा मधेस निर्देशित हुने पक्का छ ।विगतको प्रदेश २ को नामकरण मधेस प्रदेश गरिएको छ । यो नामकरणसँगै छ वटा प्रदेशको नाम जुराउने कार्य सम्पन्न भएको छ । आशा गरौँ नामकरण हुन बाँकी रहेको प्रदेश १ ले पनि छिटै यो कार्यलाई अन्तिम रूप देला । अहिले प्रदेश २ को नामकरणका सम्बन्धमा अनेकथरी चर्चा भइरहेका छन् । अनेक प्रश्न उठेका छन्, उठाइएका छन् । तर्क, विश्लेषण र विचार निर्माण तथा अभिव्यक्त गर्ने अधिकार सबैलाई छ । यस सन्दर्भमा अहिले केही प्रश्नतर्फ धेरैजनाको ध्यानाकर्षण भएको पाइएको छ । के प्रदेश २ को उपयुक्त नाम मधेस नै हो ? मधेस आन्दोलनले मुख्य उपलब्धि प्राप्त ग-यो ?

विगतको तुलनामा सन्तोषको एक विषय छ, त्यो के हो भने, मधेशवासीलाई माथि गरिएको विश्लेषणबारे राम्रै जानकारी छ । विगतको तुलनामा चेतनाको सार्थक विकास भएको छ । अब यहाँका बासिन्दा विगत र वर्तमानको तुलना गर्ने क्षमता राख्दछन् । यस आधारमा एक सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ–अब राजनीतिक दलले भनेकै भरमा र तिनले उठान गरेका मुद्दाका आधारमा मात्र मधेसको मत निर्देशित हुने अवस्था छैन । अब यहाँका जनताले जे मुद्दा उठान गर्छन् र तिनको समाधान जसरी चाहन्छन् त्यही आधारमा मधेस निर्देशित हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

जिल्ला प्रहरी कार्यालय खोटाङको११३ कि.मि. पैदल गस्ती

  २०८१ भाद्र २६, बुधबार
चेक हस्तान्तरण गरिदै जेफर राई,उदिम राई मुक्ति र प्रधानाध्यापक

बुवाको सम्झनामा विद्यालयमा ५० हजार ५ को अक्षयकोष

  २०८१ भाद्र २१, शुक्रबार
भवन उद्घाटनमा पालिका अध्यक्ष सालिकराम बन्जरा

बाराहा पोखरिको मौवाबोटेमा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन

  २०८१ भाद्र १५, शनिबार

जन्मदिनमा बिरामिलाई फलफुल दिने जिल्ला खेलकुद बिकास का अध्यक्ष राई

  २०८१ भाद्र १४, शुक्रबार

खोटाङ काठमाडौ सम्पर्क मञ्च द्वारा हरितालिका तीज’ विशेष  कार्यक्रम तथा महिला भेला

  २०८१ भाद्र १२, बुधबार

नेकपा एसका तीन अगुवा कार्यकर्ता एमालेमा प्रवेश

  २०८१ भाद्र ९, आइतबार
लाखेको मुर्ती अनावरण

खोटाङको ऐसेलुखर्कमा लाखेको मुर्ती अनावरण

  २०८१ भाद्र ३, सोमबार

सम्बन्धित खबर