श्रावण १२, २०८१ शनिबार

अध्ययन बिना नयाँ सडक खन्न रोक

बागलुङ नगरपालिकाले जथाभावीरुपमा सडक खन्ने नीतिलाई सुधार गर्न प्राविधिक अध्ययन बिना नयाँ सडक खोल्न रोक लगाएको छ ।

नगरको दोस्रो बैठकले बागलुङ नगरभित्रका सबै टोल÷गाउँमा सडक पुगिसकेको जनाउँदै आगामी दिनमा सडक खन्न रोक लगाउने र भएका सडक स्तरोन्नतिमा जाने जनाएको छ ।

बागलुङ नगरले सडक खोल्न बन्द गर्ने तर अत्यावश्यक भएमा नगरको प्राविधिक टोलीको स्थलगत अध्ययनपछि मूल्याङ्कनका आधारमा मात्रै सडक खन्न दिइने निर्णय भएको नगरका प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।

उनका अनुसार बागलुङ नगरको दोस्रो कार्यपालिका बैठकबाट नयाँ सडक प्राविधिक अध्ययनपश्चात मात्रै खन्न पाइने, बागलुङ प्रवेशद्वारलाई व्यवस्थित बनाइने र जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन पार्कीङस्थलको व्यवस्थापन गर्र्नेलगायतको निर्णय भएको छ ।

नगरभित्र पार्कीङको निकै समस्या भएका कारण सरकारी तथा निजी जग्गामा पार्कीङस्थल बनाउने, नयाँ सडक खन्न रोक लगाउँदै प्राविधिक अध्ययनपछि मात्रै सडक खन्न लगाउने र बागलुङ बजारको प्रवेशद्वारलाई सुन्दर बनाउने निर्णय गरिएको बागलुङ नगरपाकिलाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

“नगरपालिकामा जथाभावी भूगोलको अध्ययनबिनै सडक खन्ने प्रचलनले विपद्का घटनामा वृद्धि भएको पाइएको छ, उपभोक्ता समितिले डोजर चालक मिलेर सडक खन्दा पहिरोको जोखिम समेत व्यपाक छ” श्रेष्ठले भने “धेरै स्थानमा सडकको पहुँच पुगेको छ, भएको सडकलाई पाँच वर्षमा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिनेछ, नयाँ ट्र्याक खोल्नै पर्ने भए प्राविधिकले अध्ययन गरेपछि मात्रै पाइन्छ ।”

यस्तै ट्राफिक व्यवस्थापनका लागि बागलुङ बजारभित्रै सरकारी तथा निजी जग्गा खोज्ने कार्यपालिकाले निर्णय गरेको छ । साँधुरो बागलुङ बजारमा मोटरसाइकल तथा जीपको पार्किङ गर्न अत्यन्तै समस्या रहेका कारण भाडा तिरेर सवारीसाधन पार्कीङको व्यवस्था मिलाउने बागलुङ नगरपालिकाले जनाएको छ ।

यस्तै अव्यवस्थित रुपमा बागलुङ बजारको मालढुङ्गा प्रवेशद्वारमा रहेका होर्डिङ बोर्डलाई नगरले व्यवस्थित गर्ने जनाएको छ । नगरले बागलुङ प्रवेशद्वार मालढुङ्गास्थित पुलको रङ्गरोगन गर्ने, विद्युतीय बत्ती जडान गर्ने र होर्डिङ बोर्डलाई व्यबस्थित गराइ सुन्दर बनाउने भएको छ ।

होर्डिङ बोर्ड व्यवस्थापन गर्न अध्ययन समिति समेत गठन गरिएको छ । नगरले पहिलो कार्यपालिका बैठकमा बालमैत्री नगर घोषणा गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्किए

  २०८१ श्रावण ११, शुक्रबार

धान रोपाईको प्रेम कहानी “टारि खेतमा “अर्जुना राईले म्युजिक भिडियो द्वारा सार्वजनिक

  २०८१ असार ३१, सोमबार

प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीतामा झापा बिजेता बनेको छ

  २०८१ असार २५, मंगलबार

केएफए खेलकुद पत्रकारिता पुरस्कार भट्टराईलाई

  २०८१ जेठ १२, शनिबार

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक

  २०८१ जेठ ६, आइतबार

खोटाङ्का ट्राफिक प्रहरी मृत अवस्थामा फेला

  २०८१ जेठ ५, शनिबार

प्रथम अध्यक्ष कप’ महिला/पुरुषप्रतियोगीताको उपाधी पुरुष तर्फ दमक महिला भोजपुर आमचोक

  २०८१ जेठ १, मंगलबार

सम्बन्धित खबर