कार्तिक १६, २०८२ शुक्रबार

पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिए पछी प्रशासनको नीयत्रणमा ड्यु

पेट्रोलको गन्ध आउने ड्यु अनुगमन टोली स्थलगत अध्ययन

  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिएको बताएका छन् ।

साउने संक्रान्तीका दिन आफ्नो घरपरीवार सीत बसेर पिउनका लागि दिक्तेलबजार स्थीत हटीयाडाडाको ईन्द्र किराना पसलबाट खरिद गरेको ड्युमा घर लगेर परीवार बसेरखान लाग्दा पेट्रोलको गन्ध आएको दावी गरेका हुन् । स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेलबजारको ईन्द्र किराना पसलबाटै तीन बोत्तल ड्यु खरिद गरी लगेका थिए । छिमेकी सावित्रा कट्वाललाई लगिदिएको एक बोत्तल ड्युमा भने कुनै समस्या नदेखिएको स्थानीयहरुलेले बताएकाँछन् ।

बरुण बेभरेज नेपाल प्रालि, काठ्माडौंले उत्पादन गरेको माउण्टेन ड्युको बोत्तलमा १८ मे २०२२ मा उत्पादन मिति उल्लेख छ । दुबै बोत्तलको पिँध अन्य बोत्तलको भन्दा फरक देखिन्छ । बोत्तलको पिँधमा फुल्न लागेजस्तो, कुच्चिए जस्तो र चर्किएजस्तो देखिन्छ । ड्युमा पेट्रोलको गन्ध आएको विषयमा स्थानीय केदार बस्नेतले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गरेका थिए । त्यसपछि ड्युका डिलर सञ्चालक र खुद्रा ब्यापारी ग्राहक भेट्न पुगेका थिए । स्थानीय र डिलर सञ्चालकबीचमा चर्काचर्की भएको थियो । ड्युमा मिसावट गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय दावी गर्छन् भने ड्युको डिलर प्रतिनिधि ‘ब्लेम’ लगाएको दावी गरिरहेका छन् । स्थानीयका अनुसार आफुहरुलाई खुद्रा ब्यापारीले समेत भेटेर,फोन गरेर सामाजिक संजालमा हालेकोमा धाक धम्की समेत दिएको मदानी खबर संग गुनासो पोखेकाछन ।


पेट्रोलको गन्ध आउने ड्यु भेटिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजार अनुगमन टोली स्थलगत अध्ययनमा पुगेको थियो । ड्युमा अखाद्यवस्तु मिसावट भएको आशंकामा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाही नेतृत्वको बजार अनुगमन जिल्ला समन्वय समिति र नगरपालिका अन्तरगतको स्थानीय बजार अनुगमन समितिले सो दुई बोत्तल ड्यु जफत गरेको छ । प्रहरीसहित पुगेको टोलीले ड्यु खरिद गरिएको पशल तथा ड्युको दिक्तेलस्थित डिलरमा पुगेर निरिक्षण गर्दै ल्याव टेष्टका लागि नमूना संकलन गरेको छ । ड्युमा अखाद्यवस्तुको गन्ध आएको विषयमा अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रशासनलाई निवेदन दिएका छन् ।
गत २८ असारमा दिक्तेलकै एक पशलमा पेट्रोलको गन्ध आउने ड्यु पिएको खाल्लेकै रामबहादुर बुढाथोकीले बताए । पेट्रोलको गन्ध आएपछि लसुन खाएर हिँडेको बुढाथोकी बताउँछन् । पेट्रोलको गन्ध आउने ड्यु भेटिएको विषयमा मानव अधिकार आयोगले पनि चासो देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर