कार्तिक २, २०८२ शुक्रबार

खोटाङका दुई पत्रकारलाई राष्ट्रिय दलित पत्रकार संघको सम्मान

खोटाङ, १ असोज । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल खोटाङ शाखाले दुई पत्रकारलाई सम्मान गरेको छ । दोश्रो जिल्ला अधिबेसन उद्घाटन–सत्रको अवसर पारेर संघले मंगलबार पत्रकार राजन ठटाल र कृष्णकला राईलाई जनही दुई हजार पाँच सयसहित सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट समाज परिवर्तन एवं दलित शसक्तीकरणको क्षेत्रमा कलम चलाएर समतामुलक समाज निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संघले पत्रकार ठटाललाई सम्मान गरेको हो ।
यस्तै, पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र महिला शसक्तीकरणको क्षेत्रमा कलम चलाएर समतामुलक समाज निर्माणका लागि योगदान पुर्‍याएको भन्दै पत्रकार राईलाई सम्मान गरिएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल खोटाङका अध्यक्ष सविना अछामेले बताईन् ।
पत्रकारद्धयलाई प्रमुख अतिथिका रुपमा संघका प्रदेश उपाध्यक्ष गंगा बिश्वकर्मा, नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्री र वरिष्ठ पत्रकार कृष्ण आचार्यले नगद र सम्मान–पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर