असोज ९, २०८३ बिहिबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

काठमाडौँ, कुञ्ज थिएटर — ईलामका कवि ऋजन मायालु लिखित कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ को लोकार्पण समारोह आज राजधानीस्थित कुञ्ज थिएटरमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार भुवहरी सिग्देलले गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित साहित्यकार तथा कविहरूले पुस्तकका कविताहरूले समग्र ग्रामीण परिवेश, सामाजिक बनावट र सांस्कृतिक जीवन–विश्वलाई सशक्त रूपमा उजागर गरेको बताएका थिए।
समीक्षक तथा साहित्यकार अशोक थापाले संग्रहका कविताहरू “धरातलमा टेकेर अर्गानिक बिम्बमा लेखिएको” भन्दै उच्च प्रशंसा गर्नुभयो। उहाँका अनुसार कवि मायालुले आधुनिक संवेदना र ग्रामीण यथार्थबीचको संतुलनलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्।
त्यसैगरी, कवि प्रेमिला राईले संग्रहमा “महिला तथा उत्पीडित समुदायका आवाजहरू बुलन्द र प्रभावकारी ढंगले प्रस्तुत भएका” भन्दै कविताहरूले समकालीन समाजका भोगाइ र पीडाहरूलाई कलात्मक रूपमा उठान गरेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा कवि स्वप्निल स्मृति, सञ्जय सुमन, र महेश कार्की क्षितिजले संग्रहमा समावेश विभिन्न कविताहरू वाचन गरे। उनीहरूको प्रभावपूर्ण प्रस्तुतीले मञ्चीय वातावरण झनै सृजनात्मक तथा जीवन्त बनेको थियो।
कार्यक्रममा साहित्यप्रेमी, लेखक, कलाकार तथा युवा पाठकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कवि ऋजन मायालुले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै आफ्ना सिर्जनात्मक यात्राका अनुभवहरू समेत सुनाउनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर