भाद्र २२, २०८३ आइतबार

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले राजनप्रसाद ढकालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दैवलाल गिरी, उपाध्यक्षमा मीना राई, महासचिवमा लोकनाथ घिमिरे, सचिवमा राकेश खड्का र कोषाध्यक्षमा बच्चुराम भट्टराई निर्वाचित हुनुभएको छ ।

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

    (सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज )

त्यस्तै सदस्यहरूमा भरतप्रसाद घिमिरे, शिरोज घिमिरे, जानुका पोखरेल, सुवास खड्का, सुमन खतिवडा, कमला केसी, रविन खड्का, रविना राया, सकुन खड्का र दीलकुमारी प्रधान निर्वाचित हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै सिम्पानी स्कुलका पूर्व प्रधानाध्यापक गणेशप्रसाद अधिकारीले खोटेहाङ गाउँपालिका–८, सिम्पानीस्थित सिम्पानी स्कुलले लामो शैक्षिक इतिहास बोकेको बताउनुभयो ।

उहाँका अनुसार विद्यालयले वि.सं. १९९० सालदेखि शैक्षिक उन्नयनको इतिहास बोके पनि २००६ सालदेखि औपचारिक रूपमा आधार स्कुल, गणेश मिडिल स्कुल हुँदै उच्च माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्दै आएको हो । हाल विद्यालयसँगै सिम्पानी क्याम्पससमेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

सिम्पानी स्कुल जिल्लाकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै अधिकारीले विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी तथा शिक्षकहरू देशविदेशका विभिन्न क्षेत्र, पेशा र व्यवसायमा सक्रिय रहेको बताउनुभयो ।

पूर्वविद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई संस्थागत गर्दै विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउन समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

साधारणसभामा विद्यालयका पूर्वविद्यार्थी तथा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका सचिव पुष्कर सापकोटा, सहसचिव कालीप्रसाद पराजुली, पूर्वप्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, ध्रुवबहादुर खड्का, कृष्णबहादुर कट्वाल, अनोज घिमिरे, नरबहादुर खड्का, डा. विष्णु राई, पूर्व जिल्ला विकास समिति सभापति पर्शुराम कार्की, प्राध्यापक भविन्द्रबहादुर खड्कालगायत करिब १ सय ५० भन्दा बढी पूर्वविद्यार्थीको सहभागिता थियो ।

सभाले विद्यालय स्थापनाकालदेखि क्याम्पस स्थापनासम्म तथा शैक्षिक संस्थाको प्रभावकारी सञ्चालनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको छ ।

सम्मानित हुनेमा भानुभक्त घिमिरे, काशी राई, गणेशप्रसाद अधिकारी, डा. विष्णु राई, पर्शुराम कार्की, कमला कार्की, पदम विश्वकर्मा, दीपबहादुर थापा, कमल बुढाथोकी, बमप्रसाद पोखरेल, दलबहादुर खड्का, जगतबहादुर खड्का, रमा राई र उत्तम कार्की रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष राजनप्रसाद ढकालले समाजले सिम्पानी स्कुलको स्थापना, विकास, शैक्षिक यात्रा र योगदानसँग सम्बन्धित पुराना दस्तावेज, तस्बिर, प्रकाशन, अभिलेख तथा अन्य महत्वपूर्ण सामग्री सङ्कलन, प्रमाणीकरण, वर्गीकरण र संरक्षण गरी व्यवस्थित अभिलेख तयार गर्ने बताउनुभयो ।

उहाँले पूर्वविद्यार्थीहरूको ज्ञान, सीप र अनुभवलाई विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय विकाससँगै विद्यार्थीहरूको क्षमता विकासमा उपयोग गर्ने संयन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर