खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग
खोटाङ — भलिबल प्रशिक्षणका लागि श्रीलंका जान लागेका खेलाडी जितेन राईलाई खोटाङ सेवा समाजको तर्फबाट रु. ४० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। विभिन्न खोटाङे दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोग र हातेमालोबाट संकलित उक्त रकम खेलाडी राईलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ।

खोटाङ सेवा समाज द्वारा खेलाडी जितेन राई लाई रु. ४० हजार ५ सय ५५ आर्थिक सहयोग
समाजले जितेन राईको श्रीलंकाको बसाइ सहज, सफल र उपलब्धिमूलक रहोस् तथा भलिबल प्रशिक्षणमा उत्कृष्ट सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेको छ। साथै खेल क्षेत्रमार्फत जिल्लाको नाम उच्च बनाउन सफल हुने विश्वास समेत व्यक्त गरिएको छ। सहयोग रकम संकलनमा देबराज कटुवालले रु. १० हजार, योगेन्द्र कार्कीले रु. ६ हजार, खोटाङ सेवा समाजले रु. ५ हजार, विशाल भट्टराईले रु. ४ हजार, देवान राई र भवानी लुईटेलले जनही रु. २ हजार सहयोग गरेका छन्। त्यसैगरी प्रेम बस्नेतले रु. १ हजार ५ सय, कल्पना राई, रामकुमार पुरी, भक्त थापा, ईन्द्र बहादुर लिम्बु, दिपक प्रसाद दाहाल, जगत प्रसाद घिमिरे र नवराज रोकाले जनही रु. १ हजार सहयोग गरेका छन्। यस्तै कोपिला राई, बिन्दाकुमारी आचार्य, गोबिन्दप्रसाद आचार्य, कृष्ण कुमारी राई र वीर बहादुर तामाङले जनही रु. ५ सय तथा यम बस्तोला ले रु. ५ सय ५५ सहयोग प्रदान गरेका छन्। विभिन्न सहयोगी मनहरूको योगदानबाट संकलित कुल रु. ४० हजार ५ सय ५५ रकम हस्तान्तरण गरिएको समाजका सचिव नवराज रोका ले जानकारी दिनुभयो। खोटाङ सेवा समाजले सहयोग गर्ने सम्पूर्ण दाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि खेलकुद र सामाजिक क्षेत्रमा यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop