भाद्र ३०, २०८३ सोमबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

साकेला खोटाङ मेरो गाउ

खोटाङ — साकेला गाउँपालिका–५ मातिम बिर्ताका युवा सर्जक रोशन अधिकारीको नयाँ मौलिक गीत ‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक भएको छ। स्थानीय संस्कार, इतिहास, प्रकृति र गाउँको आत्मालाई समेटिएको यो गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान तानेको छ।
गीतका शब्द–लय सर्जक अधिकारीकै हुन्। गायक सागर संसार राई र रोशन अधिकारीको स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ।

गितको लिन्क https://youtu.be/8VJQo_rQxqw?si=3qFwI2crFsBOjdXa
मदानी खबरसँग कुरा गर्दै सर्जक अधिकारीले भने—
“यो गीत मेरो जन्मथलो, संस्कृति र गाउँप्रतिको प्रेमबाट जन्मिएको हो। साकेलाको पहिचानलाई संसारभर पुर्‍याउने चाहना राखेको छु।”

साकेला खोटाङ मेरो गाउ

गीतको भिडियोमा साकेला गाउँपालिकाका सुन्दर भू–दृश्य, सांस्कृतिक गतिविधि र स्थानीय जनजीवनलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। धेरै दर्शकले यसलाई “गाउँकै आत्मा बोलेको गीत” भन्दै प्रशंसा गरेका छन्।
स्थानीय संगीतकर्मीहरूका अनुसार, यो गीतले मौलिक सिर्जना र सांस्कृतिक जरा बलियो बनाउने शक्ति बोकेको छ। उदीयमान सर्जक रोशन अधिकारीका लागि यो गीत एक महत्वपूर्ण मोड बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर