चैत्र २२, २०८२ शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक
खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो १४औँ नगरसभाबाट पाँचवटा महत्वपूर्ण कार्यविधि तथा विधेयक पारित गरेको छ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा शनिबार सम्पन्न नगरसभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, बेरुजु फछ्र्यौट कार्यविधि २०८२ तथा आर्थिक वर्ष २०८२/८३ का केही बजेट, योजना तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो।

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

नगरसभामा सम्बन्धित प्रस्तावहरू वडा नं. १२ जालपाका वडाध्यक्ष दानबहादुर राई, वडा नं. ७ का वडाध्यक्ष हरिप्रसाद चौलागाईँ, वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे, वडा नं. ३ बाम्राङका वडाध्यक्ष महेन्द्रबहादुर राई तथा वडा नं. १० पाथेकाका वडाध्यक्ष मुगाधन राईले क्रमशः प्रस्तुत गर्नुभएको थियो।

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, विषयगत शाखाका प्रमुख तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नगरपालिकाले पारित गरेका यी विधेयक तथा कार्यविधिले आर्थिक पारदर्शिता, विज्ञापन व्यवस्थापन, सार्वजनिक लेखा प्रणाली सुदृढीकरण तथा बेरुजु व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर