बैसाख ८, २०८३ सोमबार

कोरोना सङ्क्रमणबाट बिपी प्रतिष्ठानमा तीनको मृत्यु

काठमाण्डौः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।

गत माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । फोक्सोमा समस्या भएर उहाँलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

बुधबार नै उहाँमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिनुभयो । यस्तै सिरहा नगरपालिका–१ का ८० वर्षीय पुरुषको पनि शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

आन्द्रामा समस्या भएका उहाँको पुस २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा सोही दिन भर्ना हुनुभएका ८० वर्षीय वृद्धको उपचारको क्रममा बिहीबार ११ः३५ बजे मृत्यु भएको हो । यस्तै महोतरीका श्रीपुर–३ का ३० वर्षीय युवकको बिहीबार राति ११ बजे उपचारको क्रममा मृत्यु भएको छ ।

माघ ५ गते पतिष्ठानमा भर्ना भएका ती युवकको सोही दिन कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उनीहरूको दाहसंकारका लागि शव व्यवस्थापनको काम भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर