मंग्सिर १४, २०८० बिहिबार

बजारमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री

मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ ।

स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् ।

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री भइरहेको स्थानीयवासीले बताए । विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकहरुले सुझाए ।

जिल्ला प्रशासन कार्यालयले पनि केही दिनअघि सूचना जारी गरी विषादी हालेर पकाइएको आँप बिक्री वितरण गर्न रोक लगाए पनि व्यापारीले चोकचोकमा खुलेआम विषादी हालेको आँपको विक्री गरिरहेको स्थानीयवासीको भनाइ छ ।

विषादी प्रयोग गरी पकाइएको आँप विक्रीवितरण गर्ने व्यापारीलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिएको सिरहा र सप्तरी जिल्लामा पनि विषादी हालेर पकाइएको आँप बिक्री भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर