बैसाख २१, २०८३ आइतबार

पहिरोको त्रासका कारण ३ घर परिवार विस्थापित

बिस्थापित सावालुङका ३ परिवार अस्थाई टहरामा

बिस्थापित सावालुङका ३ परिवार अस्थाई टहरामा

  • पहिरोको त्रासका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा सावालुङका ३ परिवार बास सार्न वाध्य बनेका छन् ।

गत शुक्रबार राती परेको भारी वर्षाका कारण गाउँ चिरा–चिरा परेपछि सावालुङका जीतबहादुर राई, रामहिरा राई र कर्णबहादुर राईको परिवार रातका समयमा बास सार्न वाध्य बनेका हुन् । गाउँभरी धाँजा फाटेर पहिरो गएर बगाउने खतरा भएपछि विस्थापित परिवारलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

घर माथीबाट झरेको पहीरो

घर माथीबाट झरेको पहीरो

वडा कार्यालय र टोल विकास संस्थाको पहलमा विस्थापितलाई शनिबारदेखि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो । विस्थापित परिवार बेलुका टहरामा बास बसेर बिहान घर फर्कने गरेका छन् । बेलुकाको खाना घरमा तयार पारेर अस्थायी डेरामै लगेर खाएर सुत्ने गरेका छन् । खेतको ग¥हाको बास हुँदा बुढापाका र बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।
सावालुङका भीमबहादुर राईको परिवार पनि विस्थापित भएका छन् । तर अर्को गाउँमा भूकम्पीय पुःननिर्माण अन्तरगतको घर बनाएका उनी नयाँ घरमा सरेर बसिरहेका छन् । वर्षाका कारण जालपा घलेगाउँका धनबहादुर बिक, चावालुङका शारदा राई र खरबारीका सउधन राईको परिवार विस्थापित छन् । सावालुङ पुछारमा कमेरे माटो भएकाले भारी वर्षा हुँदा स्थानीय जहिल्यै पहिरोको त्रासमा बस्न बाध्य छन् ।

एक घर र गोठका बस्तु समेत पुरेको पहीरो हौंचुर

एक घर र गोठका बस्तु समेत पुरेको पहीरो हौंचुर

जमिन चिरा पर्न थालेपछि चार वर्षअघि सावालुङका स्थानीयलाई केही हप्ता विद्यालयमा सारिएको थियो । पहिरोको त्रासका कारण बिस्थापितको उद्धार तथा राहतका लागि पहल गरिने मेयर तीर्थराज भट्टराईले बताए । यस्तै रावाबेँसी गाउँपालिका–६ हौंचुर डाँडागाउँका ११ परिवार पहिरोको जोखिममा परेको छ । पहिरो खसेपछि सोभन्दा मुनिका भैरबहादुर राई, उद्योगबहादुर भुजेल, केस्नबहादुर राई, धनकुमार राई, बर्णबहादुर राई, पत्थरबहादुर राई, हरि राई, प्रदीप राई र पर्शुराम राईको घर जोखिममा परेको हो । यस्तै पहिरोभन्दा माथिका शुक्रराज राई, चित्रबहादुर खत्री र डिल्लीबहादुर राउतको घर जोखिममा परेको हो । सडक मर्मतका क्रममा डिलमा थुपारिएको माटोका कारण पहिरो गएको हो । पहिरोका कारण हौंचुर डाँडागाउँका बलबहादुर खत्रीको घर बगाएको थियो । यस्तै, भैरबहादुरको पाडो र बहर गोरु पुरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर