पुष १०, २०८२ बुधबार

गठबन्धन बिरुद्ध चुनावि लडाईमा एक्लै भिड्दै एमाले ,उमेद्धारी छनोट र घरदैलो कार्यक्रममा ब्यस्त

खोटाङ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै स्थानीय तहहरुमा चुनावी माहौल बढ्न थालेको छ । चुनावको घोषणा भएसँगै नेताहरू टोल समिति गठन गर्ने, कार्यकर्ताका बिचमा चुनावी एजेन्डा तय गर्ने तथा भेटघाट कार्यक्रमलाई पनि तीव्रता दिन थालेका छन् ।

देशभर पाँच दलिय गठबन्धन बिरुद्ध नेकपा एमाले खोटाङले एक्लै चुनावी लडाईकालागी स्थानिय तहका नगरपालिका तथा गाउँपालिकाका टोल टोलमा उमेद्धारी छनोट तथा घरदैलो कार्यक्रम लाई तिब्ररुपमा बढाएको छ । दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिका रहेको खोटाङ जिल्लाका नगरपालिका र गाउँपालिकामा सर्बसम्बत ढंगले उमेद्धारी छनोट गर्ने नेकपा एमाले खोटाङले निति सारे संगै सबै तहमा उमेद्धारी छनोट तथा घरदैलो कार्यक्रम लाई तिब्ररुपमा बढाएको हो ।

सर्बसम्बत ढंगले उमेद्धारी छनोट गर्ने नेकपा एमाले खोटाङले निति सारे संगै केही वडाहरुमा सर्बसम्बत ढंगले उमेद्धारी छनोट भै सकेको छ । यसैविचमा नेकपा एमाले दिप्रुङ चईचुम्मा गाउँपालिका खोटाङमा पालिकाको उमेद्धारी बारेमा छलफल सुरु भएको छ । सोमवार दिप्रुङ चुईचम्मा गाउपालिका १ याम्खा टोल समिति गठन तथा उमेद्धारी छनोट कार्यक्रममा पालिकाको बिभिन्न पदका उम्मेद्वारी बारेमा छलफल भएको नेकपा एमाले जिल्ला कमिटि सदस्य युवा संघका केन्द्रीय सदस्य विलोद संसार राईले मदानि खबरलाई बताउनु भएको हो ।

खोटाङको नेकपा एमालेका दिप्रुङ चईचुम्मा गाउँपालिकामा केन्द्र,संघ,प्रदेश र जिल्ला तहमा प्रतिनिधत्वि गर्ने नेता कार्यकतार्ता गाउँ केद्रित भएर नेकपा एमालेलाई जिताउन तयारी थालेको स्रोतले बताएका छन । नेकपा एमालेका दिप्रुङ चईचुम्मा गाउँपालिकामा अहीले सम्म पालिका अध्यक्षको आकांक्षि चार जना (लोकेन्द्र राई ,बीनोद सन्सार राई ,ईन्द्र दंगाल,शिवराज राई , रहेको स्रोतले बताएको छ । पार्टीले आफूलाई विश्वास गरेर टिकट दिएमा दिप्रुङ चईचुम्मा गाउँपालिकामा आफूले चुनाव जित्ने उहाँहरुको दाबी छ । साथै आफुहरु मध्ये जो कोहीलाई टीकट दिएपनि एकढिक्का भएर चुनाब जित्न लागी पर्ने धारणा ब्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

सम्बन्धित खबर