माघ २२, २०८२ मंगलबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

काठमाडौं /बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिव पदका लागि काेपिला राईले उम्मेदवारी घोषणा गरेकी छन्।

बानेश्वर क्याम्पसमा विद्यार्थी हकहितका मुद्दाहरू उठाउँदै आएकी राईले समावेशीता, शैक्षिक सुधार, र विद्यार्थी कल्याणका विषयमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उम्मेदवारी घोषणासँगै उनले क्याम्पसमा प्रशासनिक पारदर्शिता, छात्रवृत्ति पहुँच, तथा शिक्षण-सीप अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेकी छन्।

साथै, विद्यार्थीहरूका आवाज बुलन्द गर्दै प्रभावकारी नेतृत्व दिने उनको लक्ष्य रहेको छ।
स्ववियु निर्वाचनमा राईको उम्मेदवारीले विद्यार्थीहरूमा उत्साह थपेको छ। राईं अहिले स्नातकोत्तर अध्ययन गरि रहेकी छिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर