पुष २५, २०८२ बिहिबार

दिक्तेलमा शिल्पी थिएटरको जनप्रतिनिधि लाई झस्काउने ‘अलिकति उज्यालो’

खोटाङ, ४ बैसाख । शिल्पी थिएटरले खोटाङको दिक्तेलबजारमा मुक्त रंगमञ्च ‘अलिकति उज्यालो’ प्रदर्शन गरेको छ । खोटाङ रंगमञ्चको संयोजनमा शिल्पी थिएटरले आइतबार साँझ दिक्तेलबजार स्थित पुरानो बेसक्याम्पको हेलीप्याडमा सडक नाटक ‘अलिकति उज्यालो’ प्रदर्शन गरेको हो ।

विभिन्न जिल्लाका गाउँ तथा नगरमा पुग्नेगरी घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटक प्रदर्शन सुरु गरेको हो । बैसाखदेखि मन्थलीबाट सुरु गरिएको नाट्य यात्रा ११ बैसाखसम्म सञ्चालन हुने शिल्पी थिएटरले जनाएको छ । ‘अलिकति उज्यालो’मा देशको राजनीतिक बेथिति, चुनौती र दुःखका बीचमा नागरिकबीच बाँकी रहेका आशा र जनताबाट निर्वाचित जनप्रतिनीधिहरुको केही स्वभाब हरुलाई समेत झल्काइएको छ ।

मुक्त रंगमञ्चमा स्थानीय सरकारले जनचाहना बिपरित भ्यू–टावर, पार्क जस्ता कंक्रिटका संरचना निर्माणमा जोड दिएको तर किसानलाई मल, बीउ र सिँचाई, नागरिकलाई स्तरीय स्वास्थ्य सेवा र शिक्षाको प्रवन्ध गर्नमा ध्यान नदिएको भन्दै व्यंग्या गरिएको छ ।राजनीतिक, सामाजिक र साँस्कृतिक बेथिति विरुद्ध अभियानको आवश्यकतालाई मध्यनजर गर्दै थिएटरले खुल्ला ठाउँमा सिर्जनात्मक र स्वतन्त्र रंगकर्म अभियान चलाएको जनाएको छ । ‘अलिकति उज्यालो’ नाटकलाई भोजपुर, धनकुटा, बसन्तपुर, च्याङथापु, इलाम, बिर्तामोड र मोरङमा प्रदर्शन गरिने छ ।

मुक्त रंगमञ्चमा पवित्रा खड्का, संगीता उराँव, मानहाङ लावती, ज्योती पोख्रेल, रविन परियार, गोबिन्द ओली, ज्याक बराल, हिमाल भुजेल, संजिव थुलुङ राई, सुशीला लुहार, अजय लामा, संजय शाहीको दमदार अभिनय देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सम्बन्धित खबर