असोज १५, २०८३ बुधबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

 

धरान / यस वर्षको बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ को उपाधि इलामका कवि रिजन मायालु ले जित्नुभएको छ। धरानस्थित कवि बिमल गुरुङ स्मृति पुस्तकालयमा आयोजित पुरस्कार वितरण तथा कविता प्रतियोगिताको अन्तिम चरणमा उहाँले वाचन गर्नुभएको कविता ‘छातिभित्र पृथ्वी’ उत्कृष्ट घोषित गरिएको हो।

प्रतियोगितामा सुनसरीका कवि विनेश राई ‘मिन्जाई’ दोस्रो र बराहक्षेत्रकी कवि दिपा मग्राती तेस्रो हुनुभएको छ। देशभरबाट प्राप्त कविताहरूमध्ये छनोट भएका शीर्ष दस कविहरूबीच अन्तिम चरणको कविता वाचनपछि परिणाम सार्वजनिक गरिएको थियो।

निर्णायक मण्डलमा कवि हेमन यात्री, डा. अस्मिता विष्ट, र कवि अर्जुन माबोहाङ रहनुभएको थियो।

त्यसै अवसरमा कवि बिमल स्मृति पुरस्कार यस वर्ष लेखक वसन्त बस्नेतलाई उहाँको उपन्यास ‘सिमसारा’ का लागि प्रदान गरिएको थियो। साथै, कवि चन्द्र गुरुङको सम्पादनमा तयार गरिएको कवि बिमल गुरुङको जीवनी पुस्तक पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रमको अध्यक्षता पुर्णबहादुर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा लालिगुरास नगरपालिका प्रमुख अर्जुन माबुहाङ उपस्थित हुनुहुन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर