पुष ९, २०८२ मंगलबार

नेकपा एमालेका अध्यक्ष के पी ओली द्धारा गुम्बा र हलेसीलाई ४ लाख रुपैया सहयोग

पुर्व प्रधामन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी ओलीले हलेसीलाई ४ लाख रुपैया सहयोग गर्नु भएको छ । गत चैत्र १९ गत्ते नेकपा एमाले खोटाङले आयोजना गरेको बृहत जनसभामा आउनेक्रममा हलेसी भ्रमण गर्नु भएको थियो । , बौद्द,किरात,हीन्दु, गरी त्री धार्मिक स्थलको रुपमा परीचित हलेसीमा प्रेस चौतारी नेपाल खोटाङ द्धारा आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा हलेसी मन्दीरलाई रु २ लाख रुपैया र हलेसी मारतीका गुम्बालाई २ लाख रुपैया गरी जम्मा ४ लाख रुर्पैया दीने घोषणा गर्नु भएको थियो ।
सोही घोषणा अनुरुप नेकपा एमालेका केन्द्रीय सदस्य ,पुर्व सामाजिक विकास मन्त्री तथा खोटाङका  सह ईन्चार्ज उषाकला राई,नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष राम दंगालको हातमार्फत पठाईएको उक्त नगद रकम आईतबार हलेसीको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरीएको हो ।


हस्तान्तरण कार्यक्रममा एमाले केन्द्रीय सदस्य ,पुर्व सामाजिक विकास मन्त्री तथा खोटाङका सह  ईन्चार्ज उषाकला राई,एमाले केन्द्रीय सदस्य रमेश पौडेल एमाले खोटाङका अध्यक्ष राम दंगाल सचिव कुमार आचार्य सहसचिव,द्धय दिपनारायण रीजाल,सुरेन्द्रकुमार राई ,हलेसी नगर कमीटीका डील्ली चाम्लिङ, दीक्तेल रुपाकोट मझुवागढी नगर कमीटी अध्यक्ष गोपाल आचार्य लगाएत एमालेका नेता कायकर्ताहरुको उपस्थितीमा सामुहिक रुपमा हलेसी मारतीका गुम्बा र हलेसी मन्दीरलाई दुई दुई लाख रुपैया रकम हस्तान्तरण गरेका थीए ।
रकम हस्तान्तरण पस्चात मन्तब्यको क्रममा अहीले सम्म उच्च अहोदाका राजनीतीक दलका नेताहरुको हलेसीमा आगमन धेरै भएपनी गुम्बा र मन्दीरलाई पहीलो पटक सम्झीएर सहयोग गरेकोमा हलेसी मारतीका गुम्बाका प्रतीनीधी नीमा शेर्पाले र हलेसी मन्दीर समीतीका अध्यक्ष हर्कराज राईले खुसी ब्यक्त गर्नु भयो ।


नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएकोले सबै जाती,भाष धर्म सस्कार सस्कृतीको सम्मान प्रर्बद्धन गर्न सबैको भुमीका रहने भएकाले राष्ट्रीय महत्वको ठाँउको बीकाश गर्न कसरी सकीन्छ भन्ने उद्धेश्यका साथ अध्यक्ष केपी ओली हलेसी आउनु भएको नेकपा एमाले खोटाका अध्यक्ष राम दंगालले बताउनु भयो ।
हलेसी जस्तो पुण्य भुमीलाईं वीश्वसामु चिनाउन आवस्यक रहेकोबेला देशकै ठुलो पार्टीको अध्यक्षले भ्रमण गरेर हलेसीलाई ब्यक्तीगत आर्थिक सहयोग गर्नु मात्र ठुलो नभएर हलेसीकोे बीकाश पर्यटनको बीकाश सगै माया र श्रदा पठाएको उषाकला राईले धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ता , हलेसी मन्दीर समीतीका पदाधीकारी तथा हलेसी बिकाश कोषका प्रमुख तथा प्रतीनीधि,हलेसी मारतीका गुम्बाका प्रमुख तथा प्रतिनिधी स्थानियवासीहरुको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

सम्बन्धित खबर