कार्तिक ११, २०८२ आइतबार

ऐसेलुखर्क राष्ट्रिय युवा संघ कप २०७८ महिला तथा पुरुष प्रतियागीताको उपाधि ?

ऐसेलुखर्क राष्ट्रिय युवा संघ कप २०७८ महिला तथा पुरुष प्रतियागीताको उपाधि महिला आयोजक ए र पुरुष उपाधि रावा खोटाङ संयुक्त यातायात संघले जितेको छ ।
नेकपा ऐमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ऐसेलुखर्क द्धारा आयोजित खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र महिला उपाधि आयोजक ए समुहले जितेको छ । उपाधि संगै पुरुष समुहले मेडल प्रमाण पत्र संगै नगद रु पचास हजार महिला तर्फ मेडल प्रमाण पत्रको साथमा तिस हजार रुपैया प्राप्त गरेका छन । पुरुष तर्फ दोस्रो ,आयोजक ए, तेस्रो राष्ट्रिय युवा संघ रावावेशी र चौथो तरुणदल महेश्वरी भएको छ । दोस्रो र तेस्रो हुने पुरुष समुहले क्रमश ३० हजार २० हजार १० हजार मेडल प्रमाण पत्र प्राप्त गरेका छन । यसै गरी महिला तर्फ दोस्रो नेपाली कांग्रेस बाकाचोल, तेस्रो मिलिजुलि संयुक्त लोखिम, र चौथो बाकाचोल संयुक्त समुह भएको छ ।महिला तर्फ दोस्रो,तेस्रो र चौथो बनेका टिमले क्रमश २० हजार १० हजार ७ हजारको साथमा मेडल,प्रमाण पत्र प्राप्त गरेका छन ।


यसैगरी डबल ब्याडमिन्टन प्रतियोगीता तर्फ हुलास गुरुङ र महेश विश्वकर्माले प्रथम स्थान प्रप्त गरेकाछन भने दोस्रो भुमिनन्द राई र दीपेश राई, तेस्रो किशन अधिकारी र प्रबिण मुग्राति भएका छन । उनिहरुले क्रमश १० हजार ७ हजार मेडल प्रमाण पत्र प्राप्त गरेका छन । चैत्र १३ गते सोमबार बाट खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका स्थित ऐसेलुखर्क बजारका सन्चालन भएको उक्त भलिबल तथा ब्याडमिँटन प्रतियोगिता १६ गते सम्पन्न भएको हो । उक्त खेलको उद्घाटन नेकपा एमालेका प्रमुख सचेतक तथा पार्टि पोलिटब्युरो सदस्य विशाल भट्टराईले गरेका थिए ।

भने समापन पुर्व सामाजिक विकाश मन्त्री तथा पार्टिका केन्द्रिय सदस्य उषाकला राईले गरेका छन । कार्यक्रममा नेकपा एमाले खोटाङका जिल्ला उपसचिव तथा दिक्तेल रुपाको मझुवागढि नगरपालिका प्रमुख दिपनारायण रीजाल , प्रदेश कमीटी सदस्य गृहबहादुर राई ,गीरेन राई लगाएत नेताहरुको बिषेश  आथित्यतामा समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर