साकेला खोटाङ मेरो गाउ
खोटाङ — साकेला गाउँपालिका–५ मातिम बिर्ताका युवा सर्जक रोशन अधिकारीको नयाँ मौलिक गीत ‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक भएको छ। स्थानीय संस्कार, इतिहास, प्रकृति र गाउँको आत्मालाई समेटिएको यो गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान तानेको छ।
गीतका शब्द–लय सर्जक अधिकारीकै हुन्। गायक सागर संसार राई र रोशन अधिकारीको स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ।

गितको लिन्क https://youtu.be/8VJQo_rQxqw?si=3qFwI2crFsBOjdXa
मदानी खबरसँग कुरा गर्दै सर्जक अधिकारीले भने—
“यो गीत मेरो जन्मथलो, संस्कृति र गाउँप्रतिको प्रेमबाट जन्मिएको हो। साकेलाको पहिचानलाई संसारभर पुर्याउने चाहना राखेको छु।”

साकेला खोटाङ मेरो गाउ
गीतको भिडियोमा साकेला गाउँपालिकाका सुन्दर भू–दृश्य, सांस्कृतिक गतिविधि र स्थानीय जनजीवनलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। धेरै दर्शकले यसलाई “गाउँकै आत्मा बोलेको गीत” भन्दै प्रशंसा गरेका छन्।
स्थानीय संगीतकर्मीहरूका अनुसार, यो गीतले मौलिक सिर्जना र सांस्कृतिक जरा बलियो बनाउने शक्ति बोकेको छ। उदीयमान सर्जक रोशन अधिकारीका लागि यो गीत एक महत्वपूर्ण मोड बन्ने अपेक्षा गरिएको छ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop