बैसाख १७, २०८३ बुधबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

टोकियो, जापान — विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) जापान शाखाको छैटौँ स्थापना दिवसको अवसरमा विशेष गजल सन्ध्या तथा दुई कृतिको प्रवास लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

विनेसाम जापानको छैटौँ स्थापना दिवस

 

गत आइतबार, ओकुवोस्थित नेवा डाइनिङको हलमा आयोजित कार्यक्रममा गजलकार प्रमोद श्रेष्ठ र दिया शाहले विशेष गजल वाचन गर्नुका साथै कवि शकुन आँसुको “नवयुगकी सुम्निमा” र भीम बिरही राईको “बारुदले कोरेका अक्षरहरू” कृतिहरूको लोकार्पण गरिएको थियो।

विनेसाम जापानको छैटौँ स्थापना दिवस

विनेसाम जापानको छैटौँ स्थापना दिवस

कार्यक्रमको **उद्घाटन प्रख्यात समाजवादी चिन्तक विश्वभक्त दुलाल ‘आहुति’**ले राष्ट्रिय गान र दीप प्रज्वलनसहित गर्नुभयो। उहाँले मातृभाषामा लेखनको आवश्यकता र भाषा संरक्षणको सन्देश दिनुका साथै गजलकार तथा लेखकहरूलाई बधाई दिनुभयो।

विनेसाम जापानको छैटौँ स्थापना दिवस

कार्यक्रममा एनआरएन, नेफिन, किरात याक्थुङ चुम्लुङ, मगर संघ, तामाङ समाज, अनेसास, साहित्य चौतारी, ग्लोबल फोरम लगायतका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

साहित्यकार गृष्मा पौड्यालले आफ्नो “संघर्ष १०१” मुक्तक संग्रहबाट मुक्तक वाचन गर्नु भयो भने कवि रोशन याक्सोको “सम्झनाको चोमोलुङमा” कृतिको विशेष प्रदर्शन गरियो।

खुल्ला रचना वाचनमा क्रान्ति चेम्जोङ, अमरदेव बास्तोला, शारदा पाण्डे, गृष्मा पौड्याल, राजन घले, लक्ष्मी अर्गेजा मगर, सम्झना चाम्लिङ लगायत धेरै साहित्यकारले आ-आफ्ना सिर्जना प्रस्तुत गरे।

कार्यक्रमको सञ्चालन सह-सचिव सयपत्री थुलुङ र उपाध्यक्ष शिवराज राईले गर्नु भएको थियो भने सभापति अध्यक्ष रविन्द्र दिखुक्पाले समापन मन्तव्य दिंदै सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर