वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम
वाम्बुले राई समाज नेपाल (वामरास) को आयोजनामा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले वाम्बुले राई समुदायको मौलिक बाजागाजा, सांस्कृतिक सम्पदा र सामुदायिक एकताको उजागर गरेको थियो।
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुराई थिए भने कार्यक्रम वाम्बुले राई समाज नेपालका अध्यक्ष गजुरधन राईकाे सभापतित्वमा सम्पन्न भएको हाे ।
विशेष अतिथिका रूपमा राष्ट्रियगानका रचनाकार तथा वाम्बुले मातृभाषा कवि व्याकुल माईला,वाम्रास उपाध्यक्ष गणेश वाम्बुले राई,सचिव रामकुमार राई, मुन्धुम तथा संस्कृति विज्ञ पुष्पहरी क्यापाचाे राई, भुवनसिंह राई, मेडल राई, किरात राई सांस्कृतिक कलाकार संघकाे केन्द्रीय सदस्य सविता प्रयास, भद्रगोल किराँती पुर्व वाम्रास पुर्व केन्द्रीय सदस्य मिलन कान्छा केस सोनाम सज्जन किराती,वाम्रास खाेटाङ अध्यक्ष प्रेमसुन्दर राई डिकुवा गाविसकाे पुर्व उपाध्यक्ष धन सुन्दर राई लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै बुद्ध राई (अध्यक्ष, वाम्बुले राई सांस्कृतिक कलाकार समाज तदर्थ समिति), ओविका राई (अध्यक्ष, वाम्बुले राई युथ स्पोर्ट्स क्लब), बुद्धि बहादुर राई (अध्यक्ष, वाम्बुले राई शिक्षक समाज नेपाल), जीवन राई (बाँसुरी वादक संयोजक), कोपिला राई (बिनायो बाजा संयोजक), टार्जन राई (नृत्य संयोजक तथा सचिव, सांस्कृतिक समाज नेपाल तदर्थ समिति) लगायतका अगुवा तथा संघ-संस्थाका प्रतिनिधिहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य वाम्बुले राई समाज नेपालका उपाध्यक्ष गणेश वाम्बुले राईले राखेका थिए।
कार्यक्रमको उद्घाटन सत्र प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य विशिष्ट अतिथिहरूबाट संयुक्त रूपमा बाँसुरी बजाएर सम्पन्न गरिएको थियो ।
कार्यक्रममा वाम्बुले समुदायको परम्परागत बाजागाजा — बाँसुरी, बिनायो बाजा — तथा नृत्य लगायतका सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि र विशेष अतिथिहरूले भाषा, धर्म, संस्कार र संस्कृति नै हाम्रो मौलिक पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबै समुदाय एकजुट भएर लाग्नुपर्नेमा विशेष जोड दिएका थिए।
उनीहरूले यस्ता कार्यक्रमहरूले युवा पुस्तामा सांस्कृतिक चेतना फैलाउने काम गर्ने भएकाले निरन्तरता आवश्यक रहेको धारणा राखे।
कार्यक्रमको अन्त्यमा खिर खाने परम्परागत कार्यक्रम आयोजना गरिएको थियो, जसले आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop