भाद्र ३१, २०८३ मंगलबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा निःशुल्क स्वास्थ्य परिक्षण

सिताराम राई (सञ्जिव)

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विश्व दृष्टि दिवसको अवसरमा बिहिबार निःशुल्क स्वास्थ्य परिक्षण आयोजना गरेको छ । बिहीवार हलेसी तुवाचुङ नगरपालिका र आँखा तथा कान उपचार केन्द्र हलेसीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा १ सय भन्दा बढीले सेवा लिएका नगरपालिकाका मेयर विमला राईले मदानी खबरलाई बताउनुभयो ।

आँखा जाच पछि निशुल्क चस्मा बितरण गर्नु हुँदै नगर प्रमुख

   वडा नम्बर तीन च्यास्मिटार स्वास्थ चौकीमा आयोजना गरिएको कार्यक्रमबाट १ सय ४२ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले मदानी खबरलाई जानकारी दिनुभयो ।
कार्यक्रममा निशुल्क आँखा जाँच र चस्मा वितरण तथा जेष्ठ नागरिक लगायत अन्यको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

आँखा जाचपछी चस्मा बितरण गर्नु हुदै उप प्रमुख

 जसमा चस्मा लाउन आवश्यक भएका ४६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । आँखा परिक्षणबाट १४ जनाको मोतिबिन्दु भएको बिरामी फेला परेका छन् । यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाले आगामि कात्तिक १९ देखि २१ गतेसम्म

मन्तब्यको क्रममा नगर उपप्रमुख

हलेसीमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको छ । सोही शिविरमा आज छनोट भएका मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने मेयर राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर