बैसाख २१, २०८३ आइतबार

साकेला गाउँपालिका रतन्छामा ३ महिने व्यवसायिक कपडा सिलार्ई कटार्ई तालिम

खोटाङको साकेला गाउँपालिका-२ रतन्छामा  तीन महिने व्यवसायिक कपडा सिलार्ई कटार्ई तालिम सम्पन्न भएको छ ।

“औद्याेगिक लगानी र पुर्वाधार-समृद्धिको वलियो आधार’  भन्ने मूल नाराका साथ साकेला गाउँपालिका र घरेलु तथा साना उध्योग कार्यालय दिक्तेलको संयुक्त आयोजनामा गत बैशाख १० गतेबाट शुरु गरिएको तालिम असार १९  गते समापन भएको  हो ।

सहभागिलाई प्रमाणपत्र प्रदान गर्नुहुदै पालिका अध्यक्ष रवि प्रकाश राई

सहभागिलाई प्रमाणपत्र प्रदान गर्नुहुदै पालिका अध्यक्ष रवि प्रकाश राई

तीन महिने कपडा सिलार्ई कटार्ई तालिममा साकेला गाउँपालिकाका स्थानीय दश जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम अवधिभर प्रशिक्षक महेश परियारले सहभागिहरुलाई  सिलाई कटाई सम्बन्धि तालिम दिनु भएको थियो । तालिम समापन कार्यक्रममा बोल्नुहुदै  यश पेशालाई व्यवसायिक रुपमा अघि बढाउने  प्रतिवद्धता गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले गर्नु भएको छ । तालिम समापन पश्चात सहभागीहरुले प्रयोग गरेको सिलाई कटाई मेसिन व्यवसायिक रुपमा प्रयोग गर्नेगरी सहभागिहरुलाई नै पालिका अध्यक्ष राईले  हस्तान्तरण गर्नुभएको छ ।

 

सहभागिलाई सिलाई मेसिन हस्तान्तरण गर्नु हुँदै पालिका अध्यक्ष रविप्रकाश राई

स्थानीय महिलाहरुलाई उद्यमशील बनाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम  सञ्चालन गरिएको पालिका अध्यक्ष राईले धारणा व्यक्त गर्नु भयो  । तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकाको एक घर, एक व्यवसाय, एक रोजगारको नीति अनुरुप महिलाहरुलाई सिप प्रदान गरिएको  स्पष्ट पार्नुभयो ।

सहभागीलाई प्रमाणपत्र हस्तान्तरण हुदै

सहभागिलाई प्रमाणपत्र हस्तान्तरण हुदै

  • वडा नं.२ का कार्यवाहक अध्यक्ष भक्तबहादुर कटवालको अध्यक्षता एवं  पालिका अध्यक्ष रबिप्रकाश रार्ईको प्रमुख  आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा तालिममा सहभागि महिला उध्यमीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालयका वरिष्ठ लघुउद्यम सहजकर्ता सुरेशसिं धामी, वडास्तरीय जनप्रतिनिधिहरु, प्रशिक्षक  महेश परियार लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।  तालिम समापन सहजिकरण सामाजिक विकास अधिकृत दुर्गबहादुर राईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर