असोज ११, २०८३ शनिबार

दिप्रुङको मैस्याङ डाडा चियाबगान बन्न सुरु

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिका स्थित रहेको मैस्याङ डाडालाई चियाबगान बनाउने काम सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउपालिकाको वडा नम्बर ६ मा रहेको पर्यटकिय क्षेत्र मैस्याङ डाडा (छितापोखरी)मा लगभग ४० रोपनी भन्दा माथी रहेको सरकारी जग्गामा ७ हजार चियाको बिरुवा रोप्ने काम सुरु भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउपालिकाको साझेदारीमा चियाको बिरुवा रोप्ने काम भएको हो। गाउँपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चियाको बिरुवा रोप्ने खाडल तयार पारिएको हो , भने चियाको बिरुवा, मलजल लगायत सम्पुर्ण कार्यहरु पालिकाको चालू आर्थिक बर्षमा बिनियोजन भएको ४ लाख बाट मल र बिरुवा खरिद पालिकाले गरेको छ।

चिया रोपिदै मैश्याङ डाडा

चिया रोपिदै मैश्याङ डाडा

झन्डै १५ लाख बराबर को खर्च मा जम्मा ७ हजार खाडल तयार पारिएको छ भने चियाको बिरुवा पनि ७ हजार खरिद गरिसकेको छ। जसमा आज सम्म चियाको बिरुवा ४ हजार भन्दा बढी रोपिसकेको छ बाकी रोप्ने कार्यक्रम भैरहेको दिप्रुङ चुईचुम्मा गाउपालिकाका अध्यक्ष लोकेन्द्र राईले मदानी खबरलाई जानकारी दिनु भयो ।

पालिका प्रमुख लोकेन्द्र राई

पालिका प्रमुख लोकेन्द्र राई

पालिकाले आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने, रोजगारी को अवसर जस्ता लक्ष लिएर उक्त चिया रोप्ने कार्यक्रमको योजना तयार गरिएको अध्यक्ष राईको धारणा रहेको छ ।
सुम्निमा पारुहाङ पार्क रहेको मैस्याङ डाडामा अहिले आन्तरिक पर्यटकहरुको गन्तव्यको रुपमा बन्दै गएको छ । सो ठाउँबाट नेपालका विभिन्न हिम श्रीङ्खला डाडा काडा तथा तराईका भागहरु सङै विहानी पख प्रस्ट सङ घाम उदाएको हेर्न सकिने स्थानियहरु बताउछ्न ।सो  डाडामा स्थानिय आन्तरिक पर्यटक हरु फोटो खिच्न , टिकटक बनाउन तथा दृश्य अवलोकन गर्न आउने गरेको छ ।

मैश्याङ डाडामा रहेको सुम्निमा पारुहाङको मुर्ति

मैश्याङ डाडामा रहेको सुम्निमा पारुहाङको मुर्ति

चिया रोप्नको लागि वडा नम्बर ६ को वडा अध्यक्ष मिलन राई , वडा न ६ को वडा सचीव सुवास राई , कृषि शाखा प्रमुख एल्वि मगर , मनिराज मगर लगायत सम्पूर्ण वडा नम्बर ६ (छितापोखरी) का नागरिक हरुको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर