कार्तिक २५, २०८२ आइतबार

दिप्रुङको मैस्याङ डाडा चियाबगान बन्न सुरु

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिका स्थित रहेको मैस्याङ डाडालाई चियाबगान बनाउने काम सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउपालिकाको वडा नम्बर ६ मा रहेको पर्यटकिय क्षेत्र मैस्याङ डाडा (छितापोखरी)मा लगभग ४० रोपनी भन्दा माथी रहेको सरकारी जग्गामा ७ हजार चियाको बिरुवा रोप्ने काम सुरु भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउपालिकाको साझेदारीमा चियाको बिरुवा रोप्ने काम भएको हो। गाउँपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चियाको बिरुवा रोप्ने खाडल तयार पारिएको हो , भने चियाको बिरुवा, मलजल लगायत सम्पुर्ण कार्यहरु पालिकाको चालू आर्थिक बर्षमा बिनियोजन भएको ४ लाख बाट मल र बिरुवा खरिद पालिकाले गरेको छ।

चिया रोपिदै मैश्याङ डाडा

चिया रोपिदै मैश्याङ डाडा

झन्डै १५ लाख बराबर को खर्च मा जम्मा ७ हजार खाडल तयार पारिएको छ भने चियाको बिरुवा पनि ७ हजार खरिद गरिसकेको छ। जसमा आज सम्म चियाको बिरुवा ४ हजार भन्दा बढी रोपिसकेको छ बाकी रोप्ने कार्यक्रम भैरहेको दिप्रुङ चुईचुम्मा गाउपालिकाका अध्यक्ष लोकेन्द्र राईले मदानी खबरलाई जानकारी दिनु भयो ।

पालिका प्रमुख लोकेन्द्र राई

पालिका प्रमुख लोकेन्द्र राई

पालिकाले आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने, रोजगारी को अवसर जस्ता लक्ष लिएर उक्त चिया रोप्ने कार्यक्रमको योजना तयार गरिएको अध्यक्ष राईको धारणा रहेको छ ।
सुम्निमा पारुहाङ पार्क रहेको मैस्याङ डाडामा अहिले आन्तरिक पर्यटकहरुको गन्तव्यको रुपमा बन्दै गएको छ । सो ठाउँबाट नेपालका विभिन्न हिम श्रीङ्खला डाडा काडा तथा तराईका भागहरु सङै विहानी पख प्रस्ट सङ घाम उदाएको हेर्न सकिने स्थानियहरु बताउछ्न ।सो  डाडामा स्थानिय आन्तरिक पर्यटक हरु फोटो खिच्न , टिकटक बनाउन तथा दृश्य अवलोकन गर्न आउने गरेको छ ।

मैश्याङ डाडामा रहेको सुम्निमा पारुहाङको मुर्ति

मैश्याङ डाडामा रहेको सुम्निमा पारुहाङको मुर्ति

चिया रोप्नको लागि वडा नम्बर ६ को वडा अध्यक्ष मिलन राई , वडा न ६ को वडा सचीव सुवास राई , कृषि शाखा प्रमुख एल्वि मगर , मनिराज मगर लगायत सम्पूर्ण वडा नम्बर ६ (छितापोखरी) का नागरिक हरुको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार

सम्बन्धित खबर