बैसाख १७, २०८३ बुधबार

स्ववियु निर्वाचनको विषयमा नमूना मतदान गरे अनेरास्ववियुले

खोटाङ । एमाले निकट अनेरास्ववियु खोटाङ स्ववियु निर्वाचनको विषयमा नमूना मतदान गरेको छ

लामो समयदेखि हुन नसकेको स्ववियुको निर्वाचनका विषयमा विद्यार्थीको मत सर्भेक्षणका लागि अनेरास्वबियुले दिक्तेल बहुमुखी क्याम्पसमा सोमबार नमूना मतदान गरेको हो ।

स्ववियुको औचित्य र आवश्यकता महसुस गर्दै आयोजना गरिएको नमूना मतदानमा २७८ मत खस्दा २१८ मत स्ववियु निर्वाचनको पक्षमा खसेको छ । यस्तै, स्ववियु निर्वाचनको विपक्षमा ४७ मत खसेको छ । १३ मत बदर भएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताए ।
हरेक त्रिभुवन बिश्व विद्यालयमा तत्काल स्ववियु निर्वाचन गर्नुपर्ने पक्षमा दवाव सिर्जना गर्नका लागि अनेरास्वबियुले नमूना मतदान गरेको हो । लामो समयदेखि त्रिवि र मातहतका क्याम्पसमा स्ववियु रिक्त हुँदा क्याम्पसमा स्वेच्छाचारिता बढेको, विद्यार्थी र क्याम्पसबीच पुलको काम गर्ने संयन्त्रको अभावमा विद्यार्थीले समस्या झेल्नु परेकाले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने अनेरास्ववियुका अध्यक्ष संग्रामले बताए ।

‘लामो समयदेखि स्ववियुको निर्वाचन हुन सकेको छैन । स्ववियु नहुँदा क्याम्पस स्वेच्छाचारी बन्दै गएको छ । विद्यार्थी र क्याम्पसबिच पुलको अभाव छ । विद्यार्थीले थुप्रै अप्ठ्यारा खेप्न परिरहेको छ । कतिपय विद्यार्थीलाई स्ववियुको बारेमा जानकारी नै छैन,’ अध्यक्ष संग्रामले भने, ‘स्ववियु निर्वाचन नभएका कारण ग्रामिण भेगका कति विद्यार्थीले अप्ठ्यारो खेपिरहेका रहेछन् कति विद्यार्थीले स्ववियु निर्वाचन चाहन्छन् भन्ने तथ्यांक निकालेर त्रिबि र अन्य निकायमा पठाउन मत सर्भेक्षण गरिएको हो ।’

बालिग मताधिकार प्राप्त विद्यार्थीलाई आसन्न स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन तथा स्ववियु निर्वाचनमा मत हाल्ने अभ्यासका रुपमा समेत नमूना मतदान आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर