माघ १२, २०८२ शनिबार

खोटाङको ऐसेलुखर्कमा लाखेको मुर्ती अनावरण

लाखेको मुर्ती अनावरण

लाखेको मुर्ती अनावरण

खोटाङ/खोटाङको ऐसेलुखर्क गाउपालिका ३ ऐसेलुखर्क बजारमा लाखेको मूर्ति अनावरण गरिएको छ ।

ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि  गिरेन्द्रबहादुर राईले नेवार सामाजिक गुठीको आयोजनामा औपचारिक रुपमा  लाखेको मूर्ति अनावरण गरेका हुन् ।

लाखेको मुर्ती अनावरण

लाखेको मुर्ती अनावरण                                                 नेवार समुदायको साँस्कृतिक पहिचान बोकेको लाखेको १० फिट अग्लो मूर्ति २ बर्ष लगाएर खोटाङमै पहिलोपटक निर्माण गरिएको हो । उक्त मूर्ति निर्माण गर्न ऐसेलुखर्क गाउँपालिकाको १६  लाखमा  निर्माण गरिएको ऐसेलुखर्क गाउँपालिका ३ का वडाध्यक्ष तथा पालिका प्रबक्ता टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

लाखेको मुर्ती अनावरण कार्यक्रम
नेवार समुदायको बाहुल्यता रहेको ऐसेलुखर्क बजारमा लाखेको मुर्ती बने पछि स्थानियले खुसी व्यक्त गरेका छ्न् । सबै जात जाती भाषा, धर्म संस्कार संस्कृतिको सम्मान र जगेर्ना गर्दै सास्कृतिक कुरासंगै पर्यटनलाई जोडदिने योजना रहेको गाउँपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनु भयो ।


लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । लाखे नाच कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच  नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ ।

अनावरण पछि सामुहिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर