भाद्र २९, २०८३ आइतबार

बाराहा पोखरिको मौवाबोटेमा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन

भवन उद्घाटनमा पालिका अध्यक्ष सालिकराम बन्जरा

खोटाङ / खोटाङको बराहपोखरी गाउँपालिका–६ मौ वाबोटेमा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको ४५ लाख बजेट र उपभोक्ता समितिको १० प्रतिशत श्रमदानबाट निमार्ण गरिएको नवनिर्मित वडा कार्यालयको भवन शुक्रबार एक कार्यक्रमको बीच गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटनमा पालिका अध्यक्ष सालिकराम बन्जरा

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बञ्जाराले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नको लागि नवनिर्मित भवनले महत्वपूर्ण टेवा प¥याउने बताउनुभएको छ । सुविधा सम्पन्न भवन नहुँदा नागरिकलाई सेवा प्रवाह गर्न कठिनाई भएको थियो । अव भवन निमार्णसँगै वडाबाट प्रवाह हुने सेवाहरु नागरिकहरुलाई सहजरुपमा प्रदान गर्न सकिने अध्यक्ष बञ्जाराले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले वडा नम्बर १,२,३,५,मा पक्की नयाँ भवन निमार्ण गरि सञ्चालन ल्याइसकेको र बाँकी रहेको ४ नम्बर वडा कार्यालयको भवन चालू आर्थिक बर्षको बजेट निमार्ण हुने गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताउनुभयो । त्यस्तै ः गाउँपालिकाको प्रशासनीक भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

उद्घाटन पछि सहभागीहरु

वडाअध्यक्ष दुर्गाबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुपालराज राई, वडा नम्बर १ का वडाअध्यक्ष ढकबहादुर कार्की,वडा नम्बर ४ का वडाअध्यक्ष शन्तोश आचार्य, वडा नम्बर ५ का वडाअध्यक्ष फौदराज राई र गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर