बैसाख १६, २०८३ मंगलबार

बुवाको सम्झनामा विद्यालयमा ५० हजार ५ को अक्षयकोष

चेक हस्तान्तरण गरिदै जेफर राई,उदिम राई मुक्ति र प्रधानाध्यापक

चेक हस्तान्तरण गरिदै जेफर राई,उदिम राई मुक्ति र प्रधानाध्यापक

भदौ २१,खोटाङ / स्वर्गीय भरतजङराईको छोराहरुले बुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

खोटाङको खोटेहाङ गाउपालिका वडा नं. ३ सावाकटहरेका वडा अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेफर राई र हाल कर्मथलो युके मा रहनु भएका एण्डि राईले श्री सावानागी आधारभुत विद्यालयको नाममा ५० हजार ५ रुपैयाँको भरतजङ राई स्मृति अक्षयकोष स्थापना गरेका हुन ।
बिद्यालयको ६४ औ वार्षिक  उत्सब कार्यक्रममा शुक्रबार उहाहरूले खोटेहाङ गाउपालिका ३ सावाकटहरेमा रहेको सावानागी आधारभुत विद्यालयलाई ५० हजार ५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।
चेक विद्यालयका प्रधानाध्यापक देवराज सापकोटालाई गाउपालिका अध्यक्ष उदिम राई ( मुक्ति) र अक्षयकोष स्थापना कर्ता जेफर राईले  हस्तान्तरण गर्नु भएको थियो ।

चेक हस्तान्तरण गरिदै जेफर राई,उदिम राई मुक्ति र प्रधानाध्यापक

अक्षयकोषको व्याजले विद्यालयमा अध्ययनरत बिपन्न परिवारवाट अध्यन गर्ने एक छात्रा र एक छात्र (एक महिला १पुरुष ) विद्यार्थीलाई वाषिर्क रुपमा पुरस्कार प्रदान गरिने कोष स्थापना कर्ता राईले बताउनु भयो ।
विद्यालयका बिपन्न र जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि उक्त अक्षयकोष स्थापना गरेकाले उद्देेश्य प्राप्तिका लागि उक्त अक्षयकोष उपयोग गरिने विद्यालयका प्रधानाध्यापक ले जानकारी दिनु भयो ।
स्वर्गीय भरतजङ राई सोही बिद्यालयका प्रधानाध्यापकको रुपमा कार्यरत रहदा ताकानै उहाँको आकस्मिक निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर