पुष १३, २०८२ शनिबार

बुवाको सम्झनामा विद्यालयमा ५० हजार ५ को अक्षयकोष

चेक हस्तान्तरण गरिदै जेफर राई,उदिम राई मुक्ति र प्रधानाध्यापक

चेक हस्तान्तरण गरिदै जेफर राई,उदिम राई मुक्ति र प्रधानाध्यापक

भदौ २१,खोटाङ / स्वर्गीय भरतजङराईको छोराहरुले बुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

खोटाङको खोटेहाङ गाउपालिका वडा नं. ३ सावाकटहरेका वडा अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेफर राई र हाल कर्मथलो युके मा रहनु भएका एण्डि राईले श्री सावानागी आधारभुत विद्यालयको नाममा ५० हजार ५ रुपैयाँको भरतजङ राई स्मृति अक्षयकोष स्थापना गरेका हुन ।
बिद्यालयको ६४ औ वार्षिक  उत्सब कार्यक्रममा शुक्रबार उहाहरूले खोटेहाङ गाउपालिका ३ सावाकटहरेमा रहेको सावानागी आधारभुत विद्यालयलाई ५० हजार ५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।
चेक विद्यालयका प्रधानाध्यापक देवराज सापकोटालाई गाउपालिका अध्यक्ष उदिम राई ( मुक्ति) र अक्षयकोष स्थापना कर्ता जेफर राईले  हस्तान्तरण गर्नु भएको थियो ।

चेक हस्तान्तरण गरिदै जेफर राई,उदिम राई मुक्ति र प्रधानाध्यापक

अक्षयकोषको व्याजले विद्यालयमा अध्ययनरत बिपन्न परिवारवाट अध्यन गर्ने एक छात्रा र एक छात्र (एक महिला १पुरुष ) विद्यार्थीलाई वाषिर्क रुपमा पुरस्कार प्रदान गरिने कोष स्थापना कर्ता राईले बताउनु भयो ।
विद्यालयका बिपन्न र जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि उक्त अक्षयकोष स्थापना गरेकाले उद्देेश्य प्राप्तिका लागि उक्त अक्षयकोष उपयोग गरिने विद्यालयका प्रधानाध्यापक ले जानकारी दिनु भयो ।
स्वर्गीय भरतजङ राई सोही बिद्यालयका प्रधानाध्यापकको रुपमा कार्यरत रहदा ताकानै उहाँको आकस्मिक निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

सम्बन्धित खबर