भाद्र २५, २०८३ बुधबार

नेता बिनोद राई ‘संसार’ले वितरण गरे २८० विद्यार्थीलाई झोला

Oplus_0

खोटाङ, ६ असोज । खोटाङका युवा नेता बिनोद राई ‘संसार’ले २८० विद्यार्थीलाई झोला वितरण गरेका छन् । राष्ट्रिय युवा संघका केन्द्रीय सामाजिक सेवा विभाग प्रमुख एवं एमाले खोटाङका जिल्ला कमिटि सदस्य राईले दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्रका तीन विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेका हुन् । राईले दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित जनसेवा मावि दिहुँका १३० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित शान्ति माबिका १२० जना र टेम्माकै शिक्षा आदर्श प्रावि डाँडाखर्कका ३० जना विद्यार्थीलाई झोला वितरण गरेका हुन् । सामाजिक काम अन्तरगत राईले असोज ४ गते व्यक्तीगत खर्चमा बाल शिक्षादेखि कक्षा १० मा अध्ययनरत छात्र÷छात्रालाई झोला वितरण गरेका हुन् ।

युबा नेता बिनोद राई सन्सार 

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका राईले गत जेठमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित श्रीदेवी आधारभुत विद्यालय, खमारेमा कक्षा १ देखि कक्षा ८ मा अध्ययनरत ६५ छात्र÷छात्रालाई झोला वितरण गरेका थिए । झोला अभावमा हातमा किताव कापी बोकेर हिँड्न वाध्य विद्यार्थीलाई लक्षित गर्दै झोला प्रदान गरिएको राईले बताए । ‘सानोमा दुई घण्टा हिँडेर स्कुल धाउन पथ्र्यो । हातमा किताव बोक्नुपर्ने, साउनको बेला लड्दा खेतमा किताव खसेर भिजेको थियो,’ राईले भने, ‘किताव कापी, डटपेन हराउने समस्या बेहोरेका थियौं । त्यही आफ्नै विगत सम्झिएर विद्यार्थीलाई झोला वितरण गरिएको हो ।’
२०८४ सम्ममा गाउँपालिकाभरीका सबै माबिका छात्र÷छात्रालाई झोला वितरण गर्ने राईको योजना छ । विद्यार्थीलाई सामाजिक सेवाको भाव जगाउनका लागि पनि झोला वितरण अभियान सुरु गरिएको राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर