भाद्र २९, २०८३ आइतबार

१४वटा जिल्लाको मैत्रीपुर्ण फुटसल खेलमा खोटाङ काठमाडौ सम्पर्क मञ्चले तेस्रो स्थान हासिल गर्यो

नेकपा(एमाले)कोशी प्रदेश सम्पर्क कमिटीको युवा तथा खेलकुद बिभागद्वारा आयोजित  मैत्रीपुर्ण  रनिङशिल्ड फुटशल  प्रतियोगिता २०८१/०६/०७ गते आईतबारका दिन चाबहिल स्थिति धन्वन्तरी फुटसल कोर्टमा खेल सम्पन्न भएको छ।


नेकपा(एमाले) खोटाङ-काठमाडौं सम्पर्क-मञ्चका अध्यक्ष दीपक दाहालको क्याप्टेन र मञ्चका सचिवालय सदस्य तथा खेलकुद बिभाग प्रमुख  राजकुमार कार्की को संयोजकत्वमा सहभागीतामा सम्पर्क-मञ्चका ईन्चार्ज  मातृका प्रसाद भट्टराई सह-ईन्चार्ज नवराज रोक्का लगायत मञ्चका पदाधिकारी सचिवालय सदस्य सदस्य तथा सल्लाहकारहरुको उपस्थितिमा भएको फुटसल खेलमा नेकपा(एमाले) खोटाङ-काठमाडौं सम्पर्क-मञ्च र सोलुखुम्बु सम्पर्क-बिचमा भएको पहिलो खेलमा नेकपा(एमाले)खोटाङ-काठमाडौं सम्पर्क-मञ्चको टिमले ३-० पहिलो खेलमा अग्रता हाशिल गर्यो।
त्यसैगरी दोस्रो खेलमा नेकपा(एमाले)खोटाङ-काठमाडौं सम्पर्क-मञ्च र ईलाम सम्पर्क-मञ्चबिच भएको खेलमा १-० जित हाशिल गर्दै खोटाङ-काठमाडौं सम्पर्क-मञ्चको टिम सेमिफाईनलमा प्रबेश गरेको थियो।


सेमिफाईनलमा पहिलो खेलमा नेकपा(एमाले) भोजपुर सम्पर्क -मञ्च र खोटाङ-काठमाडौं सम्पर्क-मञ्चबिच भएको खेलमा ४-२ गोलको हार ब्यहोर्नु पर्यो।यसै बिच भएको अन्तिम खेलामा नेकपा(एमाले)खोटाङ-काठमाडौं सम्पर्क-मञ्चकोटिम र सुनशरी सम्पर्क-मञ्चकोटिम बिचमा भएको खेलमा खोटाङ-काठमाडौं सम्पर्क-मञ्चको टिमले ४-० गोलको जित हाशिल गर्दै तेस्रो भयो भने द्दितियमा भोजपुर सम्पर्क-मञ्च र प्रथम पाँचथर सम्पर्क मञ्च भएको थियो।
कोशी प्रदेशका अन्तर्रगतका १४ जिल्लाका सम्पर्क-मञ्च र १४ टिमको साथ समन्वय कमिटीको एक टिम गरि १६ टिम बिच खेल भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर