मंग्सिर १३, २०८२ बिहिबार

टेम्मामा अमराजेम्पा रहरसिंह राई स्मृति फुटबलको तयारी

खोटाङ, १९ मंसिर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा अमराजेम्पा रहरसिंह राई स्मृति पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको तयारी गरिएको छ । ‘दिप्रुङको सान, टेम्मामा खेलकुदको पहिचान, खेलकुद जित्नलाई होईन, सिक्नलाई खेलिन्छ’ भन्ने नारासहित अमराजेम्पा रहरसिंह राई स्मृति दिप्रुङको   साबिक वडा स्तरिय पुरुष फुटबल प्रतियोगीताको तयारी गरिएको हो । स्थानीय दिलैंछि युवा सर्कलको आयोजना तथा टेम्मा स्पोर्ट्स क्लब टेमाको सह आयोजनामा आगामी मंसिर २७ गतेदेखि वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रतियोगीताका बिजेता र उपविजेताले क्रमशः २५ हजार र १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । सेमीफाइनलिष्ट बन्ने दुई टिमलाई ५÷५ हजार प्रदान गर्ने अमराजेम्पा रहरसिंह राई स्मृति कोषका अध्यक्ष ग्याबिन किरातिले   जानकारी दिए । दिलैंछि युवा सर्कलले स्थापना कालदेखि नै खेलकुद, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन सम्वन्धी गतिविधि सञ्चालन गर्दैआएको मदानीखबरलाई जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार

सम्बन्धित खबर