भाद्र २९, २०८३ आइतबार

खोटाङको रावा बेसी गाउँपालिका ५ नं. वडा कार्यालय दुवेकोलको वडा कार्यालय सेवा केन्द्र भवनको उत्घाटन

खोटाङको रावा बेसी गाउँपालिका– ५ दुवेकोलको गट्टीडाडामा रावा बेसी गाउँपालिका ५ नं. वडा कार्यालय दुवेकोलको वडा कार्यालय सेवा केन्द्र भवनको उत्घाटन गरिएकोछ । आज वडा अध्यक्ष मन कुमार गुरुङको सभापतित्व र रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भवन उत्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

वडाको साविक वडा नं. ८ गट्टीडाडामा निर्माण गरिएको वडा कार्यालय सेवा केन्द्र भवनको आज गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले उत्घाटन गर्नुभएको हो ।

दुवेकोलका साविक वडा नं. ४, ५, ६, ७ र ८ का नागरिकलाई मध्यनजर गर्दै वडा बासीले वडाको सेवा लिनको लागि घण्टौ लगाएर हिड्नु पर्ने समस्यालाई मध्यनजर गर्दै उक्त सेवा केन्द्रको स्थापना गरिएको वडा अध्यक्ष मन कुमार गुरुङले बताउनुभयो । प्रत्येक हप्ताको बुधबार, विहिबार र शुक्रबार गरी हप्तामा तिन दिन वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा प्रदान गरिने भएको छ । आ.व. २०७९÷०८० बिनियोजित रकम रु. एघार लाख पचास हजार र आ.व. २०८०÷०८१ को बिनियोजित रकम रु. आठ लाख गरी जम्मा रु. उन्नाइस लाख पचास हजार बजेटबाट २ कोठे आरसीसी भवन र दुई कोठे आरसीसी चर्पी निर्माण गरिएको थियो ।

केही समय पश्चात उक्त भवनबाट स्वास्थ्य सेवा पनि प्रदान गरिने वडा कार्यालयले जनाएको छ । सोही कार्यक्रमको अवसरमा वडा कार्यालय सेवा केन्द्र भवन निर्माणका लागि निशुल्क रुपमा ६ आना जग्गा प्रदान गर्नुहुने पूर्ण बहादुर नेपालीलाई सम्मान गरिएको थियो । पाएक पर्ने स्थानमा वडा कार्यालयको सेवा लिन पाउने हुदा वडा बासीहरु हर्षित भएका छन् ।

कार्यक्रममा रावा बेसी गा.पा. उपाध्यक्ष– कौशिला कुमारी गुरुङ, रावा बेसी गा.पा. पूर्व गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, रावा बेसी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, रावा बेसी गा.पा.- २ का वडा अध्यक्ष डोलराज बस्नेत, गाउँपालिकाका कर्मचारीहरु, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरु, स्वास्थ्य कर्मचारी, विभिन्न विद्यालयका प्र.अ., शिक्षकहरु, विभिन्न विद्यालयका वि.व्य.स. अध्यक्ष, शि.अ.सं अध्यक्षहरु, आमा समूहका अध्यक्षहरु ,समाजसेवी, बुद्धिजिवि, महिला स्वास्थ्य स्वयम् सेविकाहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर