असोज ९, २०८३ बिहिबार

रावा बेसी गाउँपालिकामा नेवाः देय् दबू रावा बेसी गाउँपालिकाको प्रथम पालिका अधिबेशन सम्पन्न

प्रेम श्रेष्ठ / खोटाङको रावा बेसी गाउँपालिकामा नेवाः देय् दबू रावा बेसी गाउँपालिकाको प्रथम पालिका अधिबेशन सम्पन्न भएको छ । जेष्ठ सदस्य भिमनारायण श्रेष्ठको अध्यक्षता र रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।


अधिवेशनबाट काजी बहादुर श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय पालिका समिति गठन भएको छ । अध्यक्ष काजी बहादुर श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष केशर बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपक श्रेष्ठ, महिला उपाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव चित्र बहादुर श्रेष्ठ, महिला सचिव जानुका श्रेष्ठ, काेषाध्यक्ष चुडामणि श्रेष्ठको सर्वसहमत चयन भएको छ ।


अधिवेशनमा रावा बेसी गा.पा. उपाध्यक्ष कौशिला कुमारी गुरुङ, वडा नं. ४ का वडा अध्यक्ष ज्ञान बहादुर पाण्डे र वडा नं. १ का वडा सदस्य विशाल राई, नेवा: देय् दवू कोशी प्रदेश समिति सदस्य अम्बर श्रेष्ठ, नेवा: देय् दवू कोशी प्रदेश समिति निवर्तमान सदस्य इन्द्र कसजु, नेवा: देय दवु जिल्ला समिति सचिव गोपाल श्रेष्ठ, नेवा: देय दवु जिल्ला समिति सदस्य लिलानारायण श्रेष्ठ, नेवा: देय दवु जिल्ला समिति सदस्य यज्ञनारायण श्रेष्ठ, रावा बेसी गाउँपालिका भित्रका नेवार सेवा समाजका विभिन्न पदका पदाधिकारीहरु लगायतको उपस्तिथि रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर