माघ १८, २०८२ शुक्रबार

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको काम शुभारम्म गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको यो सडक कालोपत्रका लागि आइतबार मन्त्री दाहालले औपचारिकरुपमा शिलालेख अनावरण गर्दै कालोपत्रको काम शुभारम्भ गर्नुभएको हो ।

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ । आयोजना प्रमुख ज्ञवालीका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रा.लि. धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रा.लि. काठमाडौँले लिएको जनाइएको छ ।

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

दिव्यज्योति कन्ट्रक्सन प्रा.लि.ले रु ४२ करोड लागतमा सम्पन्न गर्नेगरी वि.सं. २०८१ चैत–१७ गते तथा रायमाझी कन्ट्रक्सन प्रा.लि.ले रु ४४ करोड लागतमा सम्पन्न गर्नेगरी वि.सं. २०८१ माघ–२ गते सम्झौता गरेको जनाइएको छ । दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सडक आयोजना कार्यालयसँग सम्झौता गरेर कालोपत्रको काम थालिएको ठेकेदार कम्पनीहरुले जनाएका छन् ।

फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री दाहालले खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम जिम्मेवार भएर समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको छ । “यो सडक तपाईहरुको व्यवसायिक काममात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो । तपाईहरुले यो सडक कालोपत्रको काम समयमा सम्पन्न गर्नुहुनेछ । यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन्”, उहाँले भन्नुभयो, “कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । यो सडक दुई लेनको बन्ने छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको छ ।”

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको मोटररेबल पक्की पुल पुनः निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले रु ३५ करोड बजेड सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनः निर्माणको काम सम्पन्न हुने बताउनुभएको छ ।

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

फोक्सिङटार पुल खोटाङवासीको लाईफलाइनको रुपमा रहेकाले पनि पुल पुनः निर्माणमा मन्त्रालयको तर्फबाट कुनै कमीकमजोरी नहुने मन्त्री दाहालले प्रतिबद्धता जनाउनुभएको छ । “फोक्सिङटार पुलमा यस भेगका नागरिकको भविष्य जोडिएको छ । पुल छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर पुनः निर्माणको काम अगाडि बढाएको छ”, उहाँले भन्नुभयो, “पुल बगाएपछि जनतामा नैराश्यता छाएको अवस्था छ । प्रकृतिसँग जुध्न सक्छौं तर, प्रकृतिलाई परास्त गर्न सक्दैनौँ । तसर्थ हामीले प्रकृतिसँग मिलेर काम गर्न पर्नुपर्छ । फोक्सिङटारको पुल प्राकृतिक, भौतिक र वातावरण सबै हिसाबले गहन अध्ययन गरेर निर्माण गर्छौँ ।”

सडक कालोपत्रको काम शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, मन्त्रालयका सचिव तथा आयोजना कार्यालयका प्रमुखहरु, खोटाङस्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । महुरे–फोक्सिङटार (४९ किलोमिटर लामो) सडक स्तरोन्नति तथा कालोपत्र शुभारम्भ कार्यक्रमका वक्ताहरुले कालोपत्रको कामलाई गुणस्तरीय बनाउन तथा छिटो सम्पन्न गराउनेतर्फ मन्त्रालयको ध्यानाकार्षण गराएका छन् ।

सगरमाथा लोकमार्गअन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक यसअघि पनि कालोपत्रको काम शुरु गरिएको थियो । ठेकेदारको चरम लापरबाहीले समयमा कालोपत्रको काम सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौतागरी पुनः कालोपत्रको काम शुरु गरेको हो ।

चार वर्षभित्र सम्पन्न गर्नेगरी दुई भागमा विभाजन गरेर वि. सं २०७३ असार–३० गतेबाट कालोपत्र थालिएको सडक अहिले अलपत्र अवस्थामा छ । महुरेदेखि राजापानीको सिम्पानीभञ्ज्याङसम्म (२२ किलोमिटर) सडक भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको (२६ किलोमिटर) सडकखण्ड कालोपत्रको काम देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जिम्मा लिएको थियो ।

शुरुदेखि नै काममा ढिलासुस्ती गर्दै आएको ठेकेदार कम्पनीले पछिल्लो समय पटक–पटक म्याद थपिएपनि काम नै नगरी हिँडेको स्थानीय बासिन्दाले बताएका छन् । शिलान्यास गरेको ३१ वर्षमा पनि महुरे–फोक्सिङटार सडक कालोपत्र नहुँदा दिउँदको समयमा करिब छ महिनामात्र यातायात सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर