भाद्र २८, २०८३ शनिबार

संघीय सरकारबाट खोटाङका नयाँ सडक र पुल योजनामा बजेट विनियोजन

संघीय सरकारबाट खोटाङका नयाँ सडक र पुल योजनामा बजेट विनियोजन

खोटाङ, असार २१/ मदानी खबर

संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खोटाङ जिल्लाका केही नयाँ सडक तथा पुल योजनाहरूका लागि बजेट छुट्याएको छ। चालु आर्थिक वर्षका लागि जिल्लाभित्र पर्ने विभिन्न पाँच योजनामा गरी २३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

संघीय सरकारको टिम संग नेता विशाल भट्टराईको टिम

बजेट प्राप्त गरेका योजना निम्नानुसार छन्:

बिजुले – खार्पा – कुभिन्डे – ऐसेलुखर्क सडक: ११ करोड रुपैयाँ

खोटाङबजार – पन्चमीबजार सडक तथा पुल: ३ करोड रुपैयाँ

तापखोला पुल (जोरढुङ्गा: दिक्तेल–११ र केपीलासगढी जोड्ने): ३ करोड रुपैयाँ

दिक्तेल – खाल्ले – आहाले – रेग्मीटार सडक: ३ करोड रुपैयाँ

खानीडाँडा एयरपोर्ट – मझुवा – चाम्लिङचोक सडक: ३ करोड रुपैयाँ रहेको छ ।

विकास योजनाहरूलाई समयमै बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा ल्याउन सकिएमा, र प्रदेश तथा स्थानीय तहबाट सञ्चालित योजनाहरूसँग समन्वय गर्न सकेमा, यी पूर्वाधार योजनाहरू खोटाङ जिल्लाको समग्र विकासका लागि महत्त्वपूर्ण साबित हुने संविधान सभा सदस्य तथा एमाले नेता विशाल भट्टराईले बताउनु भयो ।

संघीय सरकार संग नेता भट्टराईको टोलि 

सार्वजनिक निर्माण कार्यमा तीन तहका सरकारबीचको सहकार्य अपरिहार्य रहेको नेता भट्टराईले धारणा व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर