भाद्र २८, २०८३ शनिबार

ऐसेलुखर्क गाउँपालिकामा कृषि यान्त्रिकीकरण कार्यक्रम सम्पन्न

ऐसेलुखर्कमा कृषि यान्त्रिकीकरण कार्यक्रम सम्पन्न

ऐसेलुखर्क गाउँपालिकामा ‘अध्यक्ष कृषि तथा पशुपालन यान्त्रिकीकरण ८०% अनुदान कार्यक्रम’ अन्तर्गत विभिन्न कृषक समूहहरूलाई कृषि उपकरणहरू वितरण गरिएको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बजेटअनुसार सञ्चालित उक्त कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो। कार्यक्रम गाउँपालिका अध्यक्ष  गिरेन्द्र बहादुर राई को प्रमुख आतिथ्यता र उपाध्यक्ष श्री राजेश कुमार राजभण्डारीको  विशेष अतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममार्फत ६ थान मिनि पावर टिलर, ५ थान मल्टी क्रप थ्रेसर, ७ थान कम्बाइन मिल, र २४ थान इलेक्ट्रिक मदानी कृषक समूहहरूलाई हस्तान्तरण गरिएको हो।
गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीका अनुसार यस्ता उपकरणहरू वितरण गर्नुको उद्देश्य कृषिमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै उत्पादनशीलता वृद्धि गर्नु रहेको छ।

ऐसेलुखर्कमा कृषि यान्त्रिकीकरण कार्यक्रम सम्पन्न

ऐसेलुखर्कमा कृषि यान्त्रिकीकरण कार्यक्रम सम्पन्न

कार्यक्रममा सहभागी कृषकहरूले उपकरण प्राप्त भएपछि अब कृषि कार्यमा समय, लागत र श्रम घट्ने विश्वास व्यक्त गरेका छन्। साथै उनीहरूले उत्पादन वृद्धिको आशा व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद समेत दिएका छन्।

गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले यान्त्रिकीकरणमार्फत आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्नु गाउँपालिकाको प्राथमिक योजना भएको उल्लेख गर्नुभयो। भविष्यमा थप प्रविधि र उपकरण कृषकसम्म पुर्‍याउने समेत प्रतिबद्धता उहाँले जनाउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर