माघ १९, २०८२ शनिबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

वडाको बजेट बारे वाद विबाद हुदा स्थानिय काङ्ग्रेस नेता द्वारा युवामाथी हातपात

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात
खोटाङ — नेपाली कांग्रेसका जिल्ला सदस्य जोशी चन्द्र राईले स्थानीय युवा राजकुमार राईमाथि हातपात गरेको आरोप लागेको छ। वडा कार्यालयमा बजेटसम्बन्धी विषयमा भएको वादविवादका क्रममा राजकुमार राई माथी हातपात भएको हो।
वडामा आएको बजेटको पारदर्शिता र कार्यान्वयनबारे आ–आफ्नो तर्क राख्ने क्रममा विवाद चर्किँदै जाँदा हातपातको अवस्था सिर्जना भएको बताइएको छ। साइनोमा जोशी राई काका र राजकुमार राई भतिजा पर्छन्।

वडाको बजेट बारे वाद विबाद हुदा स्थानिय काङ्ग्रेस नेता द्वारा युवामाथी हातपात

गत वर्ष चम्पादेखि सुम्बुरासम्मको सडक योजनाको बजेट फ्रीज भएको र यस वर्ष छुट्याइएको १० लाख रुपैयाँ समयमै र पारदर्शी रूपमा खर्च गर्नुपर्ने विषयमा छलफल भइरहेका बेला विवाद सुरु भएको वडा सचिव प्रभुराम कटुवालले बताएका छन । विवाद बढेपछि वडा कार्यालयभित्रै भिडियो खिच्न थालिएको र त्यसपछि स्थिति थप तनावपूर्ण बनेको थियो।
वडा सचिव प्रभुराम कटुवालका अनुसार कार्यालयभित्र भिडियो खिच्न थालेपछि बाहिर गएर कुरा गर्न अनुरोध गरिएको थियो। सोही क्रममा जोशी राईले राजकुमार राईलाई छातीमा समातेर बाहिर लैजाँदै हातपात गरेका थिए।
राजकुमार राईले वडामा आउने हरेक बजेटमा पारदर्शिता हुनुपर्ने भन्दै चासो राख्दा जोशी राई आक्रोशित बनेको र आफू माथि आक्रमण हुने आशंका भएपछि भिडियो खिचेको दाबी गरेका छन्। विकास निर्माणका विषयमा दादागिरी शैलीमा हातपात भएको उनको आरोप छ। उनी भन्छन मैले न्याय नपाएपनी मेरो ठाउले न्याय पाओस ।
यता जोशी राईले भने आफू जनप्रतिनिधि नभएको र सम्बन्धित निकायसँग जानकारी लिन आग्रह गर्दै निस्किन खोज्दा ढोकामा रोकेर भिडियो खिचिएको बताए। पत्रकारिता लाइसेन्सबारे सोध्दा पनि पटक–पटक फर्केर आएर भिडियो खिचिएको र पछि सम्पादन गरेर सार्वजनिक गरिएको आरोप उनले लगाए।
वडा नं. ७ का वडा अध्यक्ष हरि चौलागाईंले सरोकारवालाले चासो राख्न पाउने भए पनि वडा कार्यालयभित्र हुलदंगा गरी कर्मचारीलाई बाधा पुर्‍याउनु दुःखद भएको प्रतिक्रिया दिएका छन । उनका अनुसार विषयवस्तु भए कर्मचारी वा जनप्रतिनिधिसँग विधिसम्मत रूपमा जानकारी लिनुपर्ने हो।
दुवै पक्ष एउटै गाउँका बासिन्दा तथा सेवाग्राही मात्र भएकाले छलफल गराउने प्रयास गरिएको तर राजकुमार राई उपस्थित नभएकाले छलफल हुन नसकेको वडा अध्यक्ष चौलागाईंले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर