भाद्र २८, २०८३ शनिबार

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पूर्वी नेपालमा साहित्य कर्ममा सक्रिय सातजना कविहरूका हालै प्रकाशित कृतिहरू ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसरमा एकसाथ लोकार्पण गरिएको छ।
उन्मुक्त साहित्य संगमको आयोजनामा सम्पन्न कार्यक्रममा कविहरूले आ–आफ्ना कृतिबाट कविता वाचन गर्दै साहित्यिक उत्सवको वातावरण सिर्जना गरेका थिए।
कार्यक्रममा इलामका कवि दर्शन सरकार (घिमिरे) को हृदयको उल्टो यात्रा, कविता राई गाउँलेको फाटकमा घाम, हाङयुग अज्ञातको हाङयुग अज्ञातका कविताहरू, दीपेन्द्र आचार्यको व्यापार पृथ्वीको, ऋजन मायालुको घुम्ती बिक्रीमा छ, गणेश निरौलाको कोठेबारी ढुंगा र माटो तथा कृष्ण उदासीको पानीको पर्खाल कृतिबाट कविता वाचन गरिएको थियो।

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

सुनिता तामाङको सहजीकरणमा सम्पन्न कार्यक्रमको सभाध्यक्षता उन्मुक्त साहित्य संगमका अध्यक्ष मिलन राईले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य प्राज्ञ मुनाराज सेर्माले साहित्यले समाज रूपान्तरणमा खेल्ने भूमिकाबारे धारणा राख्नुभयो।
पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिको समन्वयमा सम्पन्न कार्यक्रममा दुई दर्जनभन्दा बढी साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात पाथीभरा मन्दिरका मूल पुजारी यदुनाथ घिमिरेले उन्मुक्त साहित्य संगमको दानपेटिकाको पूजा गरी गर्नुभएको थियो। रोङ गाउँपालिकाको सहयोगमा उत्पादन गरिएका स्थानीय परिकार—गुन्द्रुक र करेलाको सुकुटी—प्रमुख अतिथि तथा कविहरूलाई प्रदान गर्दै स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिइएको थियो।
धार्मिक आस्थाको केन्द्र पाथीभरा मन्दिर परिसरमा सम्पन्न उक्त साहित्यिक कार्यक्रमले सिर्जना, संस्कृति र स्थानीय पहिचानलाई एकै मञ्चमा जोड्दै साहित्यिक वृत्तमा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर