जेठ ११, २०८३ आइतबार

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

वडा अध्यक्ष लिला चाैहान पक्राउ

वडा अध्यक्ष लिला चाैहान पक्राउ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाध्यक्ष लिला चौहान पक्राउ परेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ निवासी खड्ग खत्रीको घरको ढोका हानेर तोडफोड गरेको आरोपमा वडाध्यक्ष चौहान आइतबार साँझ पक्राउ परेका हुन्।

वडा अध्यक्ष लिला चाैहान पक्राउ

वडा अध्यक्ष लिला चाैहान पक्राउ

स्थानीयका अनुसार मादक पदार्थ सेवन गरी लठ्ठ अवस्थामा रहेका चौहानले खत्रीको घरको ढोका हानेका थिए भने खत्रीकी श्रीमती र सोही घरमा कोठा लिएर बस्दै आएका भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्राविधिक एटसन दाहालमाथि हेल्मेट प्रहार गरेका थिए।
घटनापछि स्थानीयले चौहानलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। प्रहरीले चौहानलाई हिरासतमा राखी घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
वडाध्यक्ष चौहान नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर