भाद्र २८, २०८३ शनिबार

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस
पुस २१, खोटाङ । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाको एक मात्र निर्वाचन क्षेत्रबाट १० जनाको नाम सिफारिस गरेको छ।

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा सोमबार बसेको जिल्ला सचिवालयको तेस्रो बैठकले प्रतिनिधिसभा सदस्यका लागि एमालेका केन्द्रीय सदस्य विशाल भट्टराईसहित १० जनाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।
सिफारिस सूचीमा केन्द्रीय सदस्य विशाल भट्टराई, कोशी प्रदेश कमिटीका उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवबिक्रम राई, निवर्तमान केन्द्रीय सदस्यहरू खगेन्द्र राई र रमेश कुमार पौडेल, कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पीके), एमाले खोटाङका निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, एमाले कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे, अखिल नेपाल महिला संघ खोटाङकी अध्यक्ष धनुकमारी श्रेष्ठ तथा अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु उपरकोटी रहेका छन्।
एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईका अनुसार उक्त नामहरू प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको हो।

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

पहिलो नम्बरमा सिफारिस भएका विशाल भट्टराई २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भई एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने भट्टराई कांग्रेससहितको गठबन्धनका उम्मेदवार, नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार राई (पासाङ)सँग पराजित हुनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर