असोज २९, २०८३ बुधबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

दुर्घटना ग्रस्त बस

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते
रामेछाप, २७ माघ — काठमाडौँबाट मन्थली हुँदै ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित लिलौटी क्षेत्रमा दुर्घटनामा परेको छ। सुनकोशी–तामाकोशी संगमस्थल त्रिवेणी मन्दिर नजिकै बस सडकबाट तामाकोशी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको हो।

दुर्घटना ग्रस्त बस

दुर्घटनामा बसधनी कुमार बस्नेतसहित हालसम्म ९ जनाको मृत्यु भएको आशंका गरिएको छ भने ८ जना घाइते भएका छन्। मृतकहरूमध्ये धेरैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ७ जनाको खुर्कोटस्थित शुभजीवन अस्पताल र १ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ। केही यात्रु घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार सिधा बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको आशंका गरिएको छ। सेलेघाटस्थित ट्राफिक प्रहरीको अभिलेखअनुसार बसमा १३ जना यात्रु सवार रहेको इन्ट्री भए पनि वास्तविक यात्रु संख्या अझै यकिन हुन सकेको छैन। बीच बाटोबाट यात्रु चढाइएको हुन सक्ने आशंका गरिएको छ।

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा दुईवटा जेसिबी प्रयोग गरी नदीमा खसेको बस बाहिर निकालिएको छ। दुर्घटनाग्रस्त बस हाल खाँडादेवी गाउँपालिका क्षेत्रतर्फ तामाकोशी किनारमा राखिएको छ।
घटनास्थल पुगेका मृतकका आफन्तहरूले चालकको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्। दुर्घटनाले रामेछाप र ओखलढुङ्गा जिल्लालाई शोकमा डुबाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर