असोज २९, २०८३ बुधबार

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

अटो दुर्घटना

खोटाङ, दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ कार्तिकेस्थित मध्य पहाडी लोकमार्गमा शनिबार बिहान अटो दुर्घटना हुँदा एक बालक गम्भीर घाइते भएका छन्।
बिहान करिब ८:३० बजे बुवालुङबाट दिक्तेलतर्फ आउँदै गरेको प्र.०१–०२–००४ ह ९५७४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट पल्टिँदा दुर्घटना भएको हो।

अटो दुर्घटना

दुर्घटनामा ४ वर्षीय करण बानिया टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका छन्। उनकी आमा २३ वर्षीया अस्मिता बानिया भने सामान्य घाइते भएकी छन्।
घाइते बालकको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
अटो चालक २६ वर्षीय चन्द्र बूढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा संलग्न अटो पनि नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर