असोज १५, २०८३ बुधबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

प्रेम श्रेष्ठ / खोटाङको रावा बेसी गाउँपालिका द्वारा आयोजित जेठ १ गतेदेखि ७ गतेसम्म मनाइँदै गरेको “पोषण सप्ताह” कार्यक्रम अन्तर्गत आज आधारभूत तह (कक्षा ६–८) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न प्रतियोगितामा गाउँपालिका भित्रका १२ वटा विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

 

प्रतियोगितामा श्री देउराली माध्यमिक विद्यालय डुम्रेधारापानी प्रथम, श्री गङ्गोदय माध्यमिक विद्यालय दुबेकोल द्वितीय , श्री धारापानी माध्यमिक विद्यालय डुम्रेधारापानी तृतीय र श्री कालिका आधारभूत विद्यालय दुबेकोलले सान्त्वना स्थान हासिल गरेका छन्।

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरूलाई झोला, स्टेशनरी लगायतका सामग्री प्रदान गरिएको थियो भने अन्य सहभागी विद्यालयका विद्यार्थीहरूलाई हौसला स्वरूप स्टेशनरी सामग्री प्रदान गरिएको थियो । साथै विजयी विद्यालयहरूलाई सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो ।

पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान, क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्य शाखा सम्योजक कौसल अधिकारीले बताउनुभयो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर