असार ११, २०८३ बुधबार

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

खोटाङको साकेला गाउँपालिका ले आर्थिक वर्ष २०८३/८४ का लागि ४२ करोड ५७ लाख ६५ हजार रुपैयाँको बजेट पारित गर्दै विकाससँगै बसाइँसराइ व्यवस्थापनमा नयाँ पहल थालेको छ।

साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

असार १० गते मानेभञ्ज्याङमा सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई ले बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। गाउँसभाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो।
यस वर्षको नीति तथा कार्यक्रमको विशेष आकर्षण भने बसाइँसराइसँग सम्बन्धित नयाँ व्यवस्था बनेको छ। गाउँपालिकाले अन्य स्थानबाट बसाइँ सरी आएर स्थायी रूपमा बसोबास गर्ने नागरिकलाई ५ हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको छ।

साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

उपाध्यक्ष राईका अनुसार गाउँबाट बाहिरिने क्रम बढ्दै जाँदा जनसंख्या घट्ने र स्थानीय उत्पादन तथा आर्थिक गतिविधिमा असर पर्ने भएकाले बसाइँसराइलाई सन्तुलनमा ल्याउने उद्देश्यले यस्तो नीति ल्याइएको हो। गाउँमा नयाँ बासिन्दा भित्र्याउने र बसोबासलाई प्रोत्साहन गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि सारिएको उहाँले बताउनुभयो।

साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

गाउँसभाबाट पारित बजेट तथा कार्यक्रम आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। स्थानीय सरकारले विकास निर्माणसँगै जनसंख्या संरक्षण र गाउँको आर्थिक तथा सामाजिक जीवन्तता कायम राख्न नयाँ अभ्यासको सुरुआत गरेको भन्दै यस नीतिलाई चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर