असोज ८, २०८३ बुधबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

पेन्सन पट्टा को समिक्षा

म पनि भूपू गोर्खाको सन्तान भएको नाताले भूपू गोर्खाहरूको जीवनसँग जोडिएको एउटा महत्त्वपूर्ण दस्तावेज—‘पेन्सन पट्टा’ को कथामा आधारित नेपाली कथानक चलचित्र हेर्न गएँ।

पोखरा आसपासका ग्रामीण क्षेत्रका रमणीय दृश्यसँगै कलाकारहरू दयाहाङ राई, गौमाया गुरुङ लगायतको बेजोड अभिनयले चलचित्रलाई जीवन्त बनाएको छ। कथामा विशेषगरी गुरुङ समुदायको परम्परा, रहनसहन, सामाजिक, आर्थिक तथा राजनीतिक पक्षलाई सुन्दर ढंगले समेटिएको छ। अझ विशेष रूपमा लाहुरेहरूको जीवन र उनीहरूका परिवारले भोग्दै आएका विभिन्न सामाजिक तथा व्यावहारिक समस्याप्रति कथाकारले ध्यान दिनुभएको देखिन्छ।

पेन्सन पट्टा को समिक्षा

पहिला एउटै व्यक्तिलाई विभिन्न नामले बोलाउने र कागजपत्रमा समेत फरक–फरक नाम लेखिने अवस्थाले भूपू गोर्खा परिवारहरूले आजसम्म भोगिरहेका समस्या र पीडालाई चलचित्रले निकै मार्मिक रूपमा प्रस्तुत गरेको छ।

जात, धर्म र सामाजिक परम्पराभन्दा प्रेम ठूलो हुन्छ भन्ने सन्देश पनि चलचित्रले प्रभावकारी रूपमा दिएको छ। गौमाया गुरुङ (माला) को पात्रमार्फत आफूले माया गरेको र रोजेको व्यक्तिसँग जीवन बिताउने निर्णयलाई परिवार र समाजका दबाबभन्दा माथि राखिएको देखिन्छ।

चलचित्रमा कथा, अभिनय, दृश्य, संगीत र सामाजिक सन्देशको राम्रो संयोजन भएकाले अढाई घण्टा बितेको पनि पत्तै हुँदैन। संगीतको माध्यमबाट जीवन, प्रेम तथा बाउ पुस्तादेखि छोरा पुस्तासम्मका भावनालाई अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

कलाकार तथा निर्देशक/कथाकार माओत्से गुरुङ ले प्रस्तुत गर्नुभएको यो कथाका कतिपय प्रसङ्गहरू आफ्नै जीवन र समाजसँग मिल्दा कतिपय क्षणमा भावविह्वल पनि भएँ।

हाम्रो समाजमा रहेका वास्तविक कथा, पीडा र संघर्षलाई पर्दामा उतार्दै परिवर्तनकारी सन्देश दिन सक्ने चलचित्र निर्माण गरी हामीमाझ ल्याउनुहुने सम्पूर्ण ‘पेन्सन पट्टा’ चलचित्र निर्माण टिमप्रति हार्दिक आभार तथा शुभकामना।

आम दर्शकहरूलाई पनि एकपटक हलमै पुगेर चलचित्र हेरी यसको कथा, भावना र सन्देशलाई आत्मसात् गर्न हार्दिक आग्रह गर्दछु।

— सन्जिप मगर
भूपू गोर्खा परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर