असोज ११, २०८३ शनिबार

राष्ट्रिय भूमी आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राई

 

राष्ट्रिय भूमी आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राई
खोटाङ,  । खोटाङमा राष्ट्रिय भूमी आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । गत १७ चैतको मन्त्री परिषदको बैठकले राष्ट्रिय भूमी आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि बुधबार राष्ट्रिय भूमी आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको हो ।

संविधानसभा सदस्य समिता कार्की ९अस्मिता०ले जिल्ला समन्वय समितिको कार्यालयमा रहनेगरी राष्ट्रिय भूमी आयोग जिल्ला समितिको कार्यालय स्थापना गरेकी हुन् ।

कार्यालय स्थापनासँगै राष्ट्रिय भूमी आयोग जिल्ला समितिका नवनियुक्त अध्यक्ष सरेश राईले पदभार सम्हालेका छन् । राष्ट्रिय भूमी आयोग जिल्ला समिति नौ सदस्यीय रहने व्यवस्था छ ।

राष्ट्रिय भूमी आयोग जिल्ला समितिभन्दा अघिको भूमी सम्वन्धी समस्या समाधान आयोगले जिल्लाका करिब पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा उपलव्ध गराउने लक्ष्य राखेको देखिएको छ ।

जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आवासका लागि प्रतिपरिवार ३४० बर्गमिटर र कृषिका लागि ३ हजार बर्गमिटर जग्गा व्यवस्था गर्नुपर्ने प्रावधान रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समितिका सदस्य सचिव जिल्ला नापी कार्यालयका नापी अधिकृत मदन खत्रीले बताए ।

यस्तै, अव्यवस्थित बसोबासीलाई आवासका लागि प्रतिपरिवार १ हजार बर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार बर्गमिटर जग्गा उपलव्ध गराइने समितिले जनाएको छ ।

भूमीहिन कोही नहुन् भन्ने लक्ष्यकासाथ वार्षिक कार्ययोजना बनाएर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या हल गरिने समितिका नवनियुक्त अध्यक्ष राईले बताए ।

कार्यक्रमलाई सफल बनाउन दल, स्थानीय तहका जनप्रतिनिधि लगायतलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि पहल गरिने अध्यक्ष राईले बताए ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलव्ध गराउनका लागि सुरुमा जिल्लाका स्थानीय तहले राष्ट्रिय भूमी आयोगसँग सम्झौता गर्नेछन् । सम्झौतापछि निवेदन फारम भर्नका लागि आयोगले ३५ दिने सूचना जारी गर्नेछन् ।

‘निवेदन फारमलाई वडा तथा सम्वन्धित गाउँपालिका वा नगरपालिकाले प्रमाणीकरण गरेर भूमी आयोग जिल्ला समितिलाई उपलव्ध गराउने छ,’ समितिका सदस्य सचिव एवं नापी अधिकृत खत्रीले भने, ‘समितिले अनुसन्धान गरेर यकिन डाटा तयार पारेर नापजाँचको काम अघि बढ्छ, त्यसपछि बनेको नक्सा आयोगबाट स्वीकृत भएपछि नापीबाट नक्सा र मालपोतबाट पुर्जा प्रमाणित गरिन्छ र स्थानीय तहमार्फत पुर्जा वितरणको काम हुन्छ ।’

कार्यक्रममा जिल्ला समन्वय प्रमुख बबी चाम्लिङ, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि उपाध्यक्ष देवान किराती, कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्रका अध्यक्ष दिपक पाण्डे, जनता समाजवादीका अध्यक्ष टंक थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष जलसेर राई र सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले भूमी आयोगको लक्ष्य प्राप्तीका लागि आयोगको जिल्ला समितिलाई शुभकाना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर