भाद्र ३०, २०८३ सोमबार

 खोटाङमा नेकपा एमालेले आफ्नो विजय शुरुवात

 खोटाङमा नेकपा एमालेले आफ्नो विजयी शुरुवात गरेको छ

खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेद्वार बच्चीमायाँ परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमायाँ निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय खोटेहाङ गाउँपालिकाले शुक्रबार सूचना टाँस गर्दै दलित महिला सदस्य पदको निर्वाचनमा उम्मेद्वार हुन मनोनयनपत्र दाखिला भएका परियारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।
चिप्रिङमा केही एक घर मात्र दलित परिवारको बसोबास रहेको छ । सिंगो वडामा दलितको एक मात्र परिवार भएकाले अन्य दलले दलित महिला कोटामा उम्मेद्वार उठाउन नसकेको हो । निर्वाचन आयोगको मतदातासूचीमा बच्चीमायाँ सहित उनका श्रीमान पूर्णबहादुर दमाई, छोरी कमला, छोरा प्रकाश र बिकास परियारको नाम उल्लेख छ । अर्का छोरी सर्मिला बिवाह गरेर अन्यत्र गइसकेकी छन् । बिवाह गरिसकेकी छोरी निर्मला अपांग छिन् । प्रकाश बैदेसिक रोजगारीका सिलसिलामा बिदेशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर