बैसाख ६, २०८३ शनिबार

निर्वाचित खोटाङका मेयर र अध्यक्षहरुले सपथ ग्रहण गरे

सपथ ग्रहण

सफत ग्रहन फोटो

स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित खोटाङका मेयर र अध्यक्षहरुले सपथ ग्रहण गरेका छन्।

३० बैशाखमा भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा शुक्रबार दिउँसो सपथ ग्रहण गरेका हुन्। निर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत मात्रिका प्रसाद आचार्यले सपथ खुवाएका थिए।

दुई नगरपालिका, आठ गाउँपालिका रहेको यहाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेसका तिर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा कांग्रेसका बिमला राई निर्वाचित भएका हुन्।रावाबेशी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ, केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्र बहादुर राई, साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई, खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रका उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादीकै अरुणादेबी राई र वराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जारा निर्वाचित भएका छन्।

गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई भने नगरप्रमुख तथा अध्यक्षले सपथ खुवाउने छन्। यसैविच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेशी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका प्रमुख तथा अध्यक्षले पदभार ग्रहण गर्दै आजै सपथ ग्रहण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर