भाद्र ३१, २०८३ मंगलबार

टोलमै करोडौँका योजना माग्छन् उपभोक्ता

बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल शनिबार दिनभर सर्वसाधारणका विकासे योजना सङ्कलनमा व्यस्त रहेका छन् ।

आगामी असारमा आउने बागलुङ नगरको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि टोल भेला गरेर सर्वसाधारणका धारणा बुझिरहेका छन् । विकासे कार्यक्रमका विषयमा पनि टिप्पणी उतारेका छन् ।

साविक पैँञ्युपाटा गाविसको वडा नं १ पुगेका पौडेलले सर्वसाधारणबाट एक करोडका योजना पाएका छन् । सडकदेखि विद्यालय भवन र खानेपानीका योजनासम्म सर्वसाधारणले उनलाई टिपाए । वडाका अन्य टोलमा पनि करोडौँका योजना माग भएर आउने गरेका छन् ।

वडामा आउने बजेटले स्थानीयबाट आएका १० प्रतिशत योजनासमेत सम्बोधन गर्न कठिन हुने गरेको पौडेलले बताए ।

पौडेलमात्रै होइन बागलुङका अधिकांश वडामा निर्वाचित वडाध्यक्षको पहिलो काम नै टोल भेला र योजना सङ्कलन भएको छ । सबै वडाका सर्वसाधारणको माग र आवश्यकता एकै खालका छन् ।

यसपटकको निर्वाचनमा दोहोरिएका वडाध्यक्षका लागि त यो प्रक्रिया निकै पुरानो भइसकेको छ । तर नवनिर्वाचित वडाध्यक्षका लागि भने जनताका चाहना र योजना निकै चुनौतीपूर्ण रहेको महसुस हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर